News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एन्फाको साधारणसभामा प्रवेश नपाएपछि पूर्वअध्यक्ष गणेश थापा आक्रोशित, गेटमै विरोध

    हिमालीसंचार संवाददाता
    ७४ पटक

    काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको छ। बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधिको हैसियतमा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि गेटबाहिरै विवाद चर्किएको हो।

    थापाले एन्फाको साधारणसभामा भाग लिन उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला ल्याएका थिए। तर, आयोजकले अदालतको पत्र नआएको जनाउँदै थापालाई गेटमै रोकेको थियो। यसले गर्दा उनी आफन्त र छोरा गौरव थापासहित गेटबाहिर आक्रोशित मुद्रामा देखिए।

    “यो अदालतको निर्णयको अवहेलना हो,” गेटबाहिर थापाले चर्को स्वरमा भनेका थिए।

    सन् २०१५ मा विश्व फुटबल नियामक संस्था फिफाले भ्रष्टाचार र घुससम्बन्धी आरोपमा थापालाई १० वर्षका लागि फुटबल गतिविधिबाट प्रतिबन्धित गरेको थियो। उक्त प्रतिबन्ध हालै वैशाखको पहिलो साता सकिएको हो।

    प्रतिबन्ध अवधिभर थापा सामाजिक सञ्जालमार्फत एन्फा नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए। एन्फाको वर्तमान नेतृत्वले थापामाथि अझै पनि एन्फामा अनावश्यक प्रभाव जमाउन खोजेको आरोप लगाउँदै आएको छ।

    २०७१ सालमा सार्वजनिक लेखा समितिले पनि थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाउँदै अख्तियारमा उजुरी पठाएको थियो। तर, अख्तियारले पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा तामेलीमा राखेको थियो।

    यता, हालै थापाले फिफाको निर्देश उल्लङ्घन गर्दै गतिविधि थालेको भन्दै एन्फाले अख्तियार र अन्य निकायमा पुनः पत्राचार गर्ने निर्णयसमेत गरिसकेको छ।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...