News Portal

केपी ओली कप उद्घाटनमा प्रधानमन्त्री ओलीको ७४ औं जन्मदिन उत्सव

प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औं जन्मदिन उत्साहका साथ मनाएका छन्।

संगीता गुरुङ
२७३ पटक

फाल्गुन ११, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४ औं जन्मदिन विशेष उत्साहका साथ मनाएका छन्। आज आइतबार देखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन कार्यक्रममा उनले जन्मदिनको अवसरमा केक काटेर खुसी व्यक्त गरे।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको यस प्रतियोगितामा, नेकपा (एमाले) का नेता, कार्यकर्ता र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य समेत उपस्थित थिए।

यो प्रतियोगितामा ९ वटा टोलीहरूको सहभागिता रहेको छ, जसमा नेपाली ए’ डिभिजन क्लब र विदेशी क्लबहरू समावेश छन्। प्रतियोगिता आगामी फागुन १९ गतेसम्म चल्नेछ। सहभागी टोलीहरूमा एपिएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड रहेका छन्।

क्वार्टरफाइनलका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा हुनेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...