News Portal

केपी ओली कप उद्घाटनमा प्रधानमन्त्री ओलीको ७४ औं जन्मदिन उत्सव

प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औं जन्मदिन उत्साहका साथ मनाएका छन्।

संगीता गुरुङ
४३४ पटक

फाल्गुन ११, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४ औं जन्मदिन विशेष उत्साहका साथ मनाएका छन्। आज आइतबार देखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन कार्यक्रममा उनले जन्मदिनको अवसरमा केक काटेर खुसी व्यक्त गरे।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको यस प्रतियोगितामा, नेकपा (एमाले) का नेता, कार्यकर्ता र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य समेत उपस्थित थिए।

यो प्रतियोगितामा ९ वटा टोलीहरूको सहभागिता रहेको छ, जसमा नेपाली ए’ डिभिजन क्लब र विदेशी क्लबहरू समावेश छन्। प्रतियोगिता आगामी फागुन १९ गतेसम्म चल्नेछ। सहभागी टोलीहरूमा एपिएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड रहेका छन्।

क्वार्टरफाइनलका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा हुनेछन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...