News Portal

मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबको शानदार जित

हिमालीसंचार संवाददाता
५२४ पटक

नुवाकोट, बिदुर– नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले शानदार जित हात पार्दै उपाधि उचालेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मोफसल फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफभर एपीएफले आक्रामक प्रदर्शन गर्दै निरन्तर दवाव बनायो। निर्धारित ९० मिनेटमा खेल बराबरी रहँदा अतिरिक्त समय थपियो।

त्यसको सातौं मिनेटको अन्तिम क्षणमा १५ नम्बर जर्सीकी अनिता केसी ले हेडरमार्फत आकर्षक गोल गर्दै एपीएफलाई गर्विलो जित दिलाइन्। अनिता केसी फाइनल खेलकी प्लेयर अफ द म्याच तथा सर्वाधिक गोलकर्ताको उपाधिमा पनि सम्मानित भइन्। विजेता एपीएफ क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ हात पारे।

त्यस्तै, रेनुका नगरकोटी – उत्कृष्ट खेलाडी, अञ्जना रानामगर – उत्कृष्ट गोलरक्षक, जिबेश पाण्डे – उत्कृष्ट प्रशिक्षक, मीना देउवा (नेपाल पुलिस क्लब) – उदीयमान खेलाडी घोषित भए। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो।

नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिम सहभागी थिए। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो। यो प्रतियोगिता नुवाकोटमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगिता भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...