News Portal

मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबको शानदार जित

हिमालीसंचार संवाददाता
३७२ पटक

नुवाकोट, बिदुर– नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले शानदार जित हात पार्दै उपाधि उचालेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मोफसल फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफभर एपीएफले आक्रामक प्रदर्शन गर्दै निरन्तर दवाव बनायो। निर्धारित ९० मिनेटमा खेल बराबरी रहँदा अतिरिक्त समय थपियो।

त्यसको सातौं मिनेटको अन्तिम क्षणमा १५ नम्बर जर्सीकी अनिता केसी ले हेडरमार्फत आकर्षक गोल गर्दै एपीएफलाई गर्विलो जित दिलाइन्। अनिता केसी फाइनल खेलकी प्लेयर अफ द म्याच तथा सर्वाधिक गोलकर्ताको उपाधिमा पनि सम्मानित भइन्। विजेता एपीएफ क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ हात पारे।

त्यस्तै, रेनुका नगरकोटी – उत्कृष्ट खेलाडी, अञ्जना रानामगर – उत्कृष्ट गोलरक्षक, जिबेश पाण्डे – उत्कृष्ट प्रशिक्षक, मीना देउवा (नेपाल पुलिस क्लब) – उदीयमान खेलाडी घोषित भए। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो।

नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टिम सहभागी थिए। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो। यो प्रतियोगिता नुवाकोटमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगिता भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...