News Portal

११ हजारभन्दा बढी खेलाडीको सहभागितासहित इ-स्पोर्ट्स च्याम्पियनसिप

इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्।

संगीता गुरुङ
२७० पटक

माघ १३, काठमाडौँ – इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्। पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा हुने यो च्याम्पियनसिपमा इ-फुटबलतर्फ २,५१९ खेलाडी, पब्जी मोबाइलमा १,०३९ टिम, मोबाइल लिजेण्ड्समा २८१ टिम, भ्यालोरेन्टमा ६६ टिम र डोटा टूमा ५८ टिमले नाम दर्ता गराएका छन्। कस प्ले विधाको दर्ता भने अझै खुला राखिएको छ।

च्याम्पियनसिपको क्वालिफायर राउण्ड माघ १४ देखि १८ (जनवरी २७–३१) सम्म अनलाइन माध्यमबाट हुनेछ। समूह चरण र प्लेअफका खेल माघ २० देखि फागुन २ (फेब्रुअरी २–१४) सम्म अनलाइन हुनेछ। अन्तिम चरणका खेलहरू भने फागुन ८ देखि १० (फेब्रुअरी २०–२२) सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रूपमा (ल्यान इभेन्ट) आयोजना गरिनेछ।

प्रतियोगितामा पब्जीतर्फ १६ टिम, मोबाइल लिजेण्ड्समा २ टिम, इ-फुटबलमा ३२ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ४-४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। कस प्ले विधामा भने कुनै सिमाना नराखी फेसन शो शैलीमा प्रदर्शन गरिनेछ। कुल २५ लाख रुपैयाँ पुरस्कार राशी रहेको यस प्रतियोगितामा पब्जी मोबाइलका लागि १० लाख १० हजार, मोबाइल लिजेण्ड्सका लागि ५ लाख २० हजार, भ्यालोरेन्टका लागि ३ लाख, इ-फुटबलका लागि २ लाख १० हजार, डोटा टूका लागि २ लाख, र कस प्लेका लागि १ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। प्रत्येक विधाका विजेता, उपविजेता, र एमभीपीले नगद पुरस्कार पाउनेछन्।

नेपाली इ-स्पोर्ट्सको विकासका लागि यो च्याम्पियनसिप एउटा ठूलो अवसर मानिएको छ। खेलको लोकप्रियता बढाउँदै खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने यस च्याम्पियनसिपले नेपालको इ-स्पोर्ट्स क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...