News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनए कुवेतद्वारा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

    हिमाली संचार संवाददाता
    ३८६ पटक

    २२ सेप्टेम्बर २०१९, कुवेत : एनआरएनए कुवेतद्वारा आयोजित कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलनलाई लक्षित गरि  शुक्रबार कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघसंस्थाहरू बिच एक अन्तरक्रिया कार्यक्रम गरेको थियो।

    अध्यक्ष सुजन केसीको सभाध्यक्ष र आईसीसी सदस्य अमित चाम्लिङको बिशेष उपस्थतीमा गरिएको कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि लावतीले राखेका थिए भने कर्यक्रमलाई सहजीकरण महासचिव मान बहादुर तामाङ गरेका थिए।

    अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघबाट नबराज पन्थी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबबाट इन्द्र प्रसाद पोखरेल, जिफण्ट सपोर्ट ग्रुपबाट गणेश रावत, झापाली समाजबाट लोमस बास्तोला, नेपालकुवेत सरोकार समाजका राम तामाङ, नेपाल तामाङ घेदुङबाट शुरेस ग्याबा, चितवन समाजबाट बुद्धिमान तामाङ(नबिन लोप्चन), नेवा गुठीका सुरज मास्के, खोटाङ-कुवेत सम्पर्क मञ्चका पञ्चु राइ, प्रेम कट्वाल साथै एनसिसी कुवेतको सदस्य डिबि बस्नेतले अन्तरकृया कार्यक्रममा आफ्ना सुझाबहरू राखेका थिए।

    एनसीसी अध्यक्ष सुजन केसि र आइसीसी सदस्य अमित राइले एनसीसीले बाहिर बोलेर भन्दा काम गरेर देखाउने गरि कार्य गरिरहेको बताउँदै बक्ताहरूले एनसीसी कुवेतले गरेका राम्रा कार्यहरूको सराहना गरेकोमा धन्यवाद दिदै सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने जनाउदै संघसंस्थाका प्रतिनीधिहरूबाट आएका सुझाबहरूलाइ आइसीसीको विश्व सम्मेलनमा एजेण्डाका रूपमा पेश गरिने प्रतिवद्धता जनाएका थिए।

    विभिन्न ११ जना संस्था प्रमुख एवं प्रतिनीधिहरूले आप्रवासी श्रमिकको हक हितका विषयमा सुझाबहरू दिएका थिए । वक्ताहरूले सुरक्षित वैदेशिक रोजगार तथा गैरआवासीय नेपालीहरूको सुरक्षित लगानी लगायतका विषयमा सुझाब दिएका थिए ।

    वक्ताहरूले नेपाल-कुवेत सिधा हवाइ सेवा, जिटुजि श्रमसम्झौंता, आप्रवासी श्रमिकहरू कार्यरत देशबाटै श्रम इजाजत नविकरण, शुन्य लागत वा पारदर्शी लागतमा वैदेशिक रोजगार, जुनसुकै किसिमले वैदेशिक रोजगारीमा आए पनि वंशजको नेपाली सधैंको नेपाली भएकोले विदेशमा ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर घरपरिवारलाइ जिम्मा लगाउने दायित्व सरकारको हुनुपर्ने,विदेशमा विभिन्न किसिमले ज्यान गुमाएका नेपालीहरूको शरीरका अंगहरू चोरी निकासी भएका विषयका कुराहरुलाइ प्राय सबै बक्ताहरुले जोड दिएका थिए।

    कार्यक्रमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि समाचार सम्प्रेषण गरेर नेपाली समुदायसम्म सूचना प्रवाह गरि सुसुचित गर्ने नेपाली मिडियाहरुलाई खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको सोहि अवसरमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि अहोरात्र खटिएका निर्वाचन समितिका आयुक्त शिव कोइराला लगायत जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावतलाइ खादा ओढाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो।

    बक्ताहरुले दिएका सुझावहरुलाई सम्बोधन गर्दै आईसीसी सदस्य अमित चाम्लिङले बक्ताहरुको सुझावहरु अत्यन्तै महत्वपूर्ण रहेको र यसको समाधानको लागि सम्बन्धित निकायमा राखिने साथै एनसीसी कुवेतले उपयोगी सुझावलाई अत्यन्तै गम्भीर रुपमा लिएको र केही सुझावमा उठेका बिषय माथी बोलेका थिए।

    अध्यक्ष सुजन केसिले कार्यक्रम समापन गर्दै कुवेतका श्रमिकहरुको समस्याको समाधान गर्न निरन्तर लागिपर्ने बताउदै अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै  कार्यक्रम समापन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...