News Portal

राष्ट्रप्रेम, इमानदारी र कार्यदक्षताको नयाँ प्रतीकस्वरूप एनआरएनएको अध्यक्ष पदतर्फको यात्रामा थर्क सेन

संगीता गुरुङ
३७५ पटक

काठमाडौं, वैशाख १९ – विश्वभरि फैलिएका नेपालीहरूका साझा अधिकार, पहिचान र आकांक्षालाई व्यवहारमा उतार्न अडिग संकल्पसहित अगाडि बढिरहेका थर्क सेन गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवार बनेका छन्। “बोल्नेभन्दा गर्नेमा विश्वास राख्ने” थर्क सेन नारामै सीमित नभई कार्यदक्ष नेतृत्वको परिचय दिइरहेका छन्।

ठोस प्रतिबद्धतासहित अघि बढ्दै थर्क सेन

थर्क सेनले नेतृत्वको दिशामा पाँच ठोस प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्, जसले उनलाई सामान्य उम्मेदवारभन्दा फरक बनाउँछ:

१. एनआरएनएलाई एकताको प्रतिक बनाउने:

संगठनलाई भौगोलिक, राजनीतिक वा व्यक्तिगत स्वार्थभन्दा माथि उठाउँदै सबै नेपालीहरूको साझा र पारदर्शी घर बनाउने योजना थर्क सेनले अघि सारेका छन्।

२. नागरिकताको निरन्तरता सुनिश्चित गर्न संघर्ष:

“Make NRNA & Nepal Great Again” भन्ने नाराको सारसँगै, उनले नेपाली नागरिकताको निरन्तरताका लागि दृढ आवाज उठाउँदै आएका छन्।

३. ज्ञान, सीप र पुँजी नेपालको विकासमा लगानी गर्ने:

‘Let’s Build Better Motherland’ अभियानअन्तर्गत एनआरएन सदस्यहरूको सीप, अनुभव र सम्पत्तिलाई नेपालको समृद्धिमा प्रयोग गर्ने रणनीति उनले तयार गरेका छन्।

४. गुनासो होइन, समाधानमा केन्द्रित नेतृत्व:

एनआरएनएका सदस्यहरूको समस्यालाई समाधानमुखी दृष्टिकोणबाट सम्बोधन गर्ने प्रतिवद्धतासहित उनले “हरएकको सम्पूर्ण समस्या समाधान” को भरोसा दिएका छन्।

५. विश्वसनीय र नतिजामूलक कार्यशैली:

चुनाव जित्ने चाहना मात्र होइन, भविष्य निर्माणको सोचका साथ अघि बढेका थर्क सेनको नेतृत्व व्यवहारमा आधारित र नतिजामूलक हुने विश्वास गरिएको छ।

‘Make NRNA & Nepal Great Again’ – नाराभन्दा आन्दोलन

थर्क सेनको अभियान दोहोरो नागरिकताको अधिकार सुनिश्चित गर्दै एनआरएन र नेपालको विकासलाई एकसाथ अघि बढाउने दृष्टिकोणमा केन्द्रित छ। उनले नागरिकता, पहिचान र योगदानलाई एउटै सूत्रमा बाँधेर समृद्ध नेपालको कल्पना गरेका छन्।

उम्मेदवारीको सार – आशा र नेतृत्वको संयोजन

२०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका थर्क सेनले आफूलाई एनआरएनए मात्र नभई विश्वभरि रहेका नेपालीहरूको आवाज र आशाको प्रतिनिधिका रूपमा स्थापित गर्न खोजिरहेका छन्। उनको योजनाबद्ध कार्यशैली र राष्ट्रप्रेमले एनआरएनएलाई नयाँ युगतर्फ डोर्याउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...