News Portal

एनआरएनए कुवेतद्वारा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
५०८ पटक

२२ सेप्टेम्बर २०१९, कुवेत : एनआरएनए कुवेतद्वारा आयोजित कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलनलाई लक्षित गरि  शुक्रबार कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघसंस्थाहरू बिच एक अन्तरक्रिया कार्यक्रम गरेको थियो।

अध्यक्ष सुजन केसीको सभाध्यक्ष र आईसीसी सदस्य अमित चाम्लिङको बिशेष उपस्थतीमा गरिएको कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि लावतीले राखेका थिए भने कर्यक्रमलाई सहजीकरण महासचिव मान बहादुर तामाङ गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघबाट नबराज पन्थी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबबाट इन्द्र प्रसाद पोखरेल, जिफण्ट सपोर्ट ग्रुपबाट गणेश रावत, झापाली समाजबाट लोमस बास्तोला, नेपालकुवेत सरोकार समाजका राम तामाङ, नेपाल तामाङ घेदुङबाट शुरेस ग्याबा, चितवन समाजबाट बुद्धिमान तामाङ(नबिन लोप्चन), नेवा गुठीका सुरज मास्के, खोटाङ-कुवेत सम्पर्क मञ्चका पञ्चु राइ, प्रेम कट्वाल साथै एनसिसी कुवेतको सदस्य डिबि बस्नेतले अन्तरकृया कार्यक्रममा आफ्ना सुझाबहरू राखेका थिए।

एनसीसी अध्यक्ष सुजन केसि र आइसीसी सदस्य अमित राइले एनसीसीले बाहिर बोलेर भन्दा काम गरेर देखाउने गरि कार्य गरिरहेको बताउँदै बक्ताहरूले एनसीसी कुवेतले गरेका राम्रा कार्यहरूको सराहना गरेकोमा धन्यवाद दिदै सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने जनाउदै संघसंस्थाका प्रतिनीधिहरूबाट आएका सुझाबहरूलाइ आइसीसीको विश्व सम्मेलनमा एजेण्डाका रूपमा पेश गरिने प्रतिवद्धता जनाएका थिए।

विभिन्न ११ जना संस्था प्रमुख एवं प्रतिनीधिहरूले आप्रवासी श्रमिकको हक हितका विषयमा सुझाबहरू दिएका थिए । वक्ताहरूले सुरक्षित वैदेशिक रोजगार तथा गैरआवासीय नेपालीहरूको सुरक्षित लगानी लगायतका विषयमा सुझाब दिएका थिए ।

वक्ताहरूले नेपाल-कुवेत सिधा हवाइ सेवा, जिटुजि श्रमसम्झौंता, आप्रवासी श्रमिकहरू कार्यरत देशबाटै श्रम इजाजत नविकरण, शुन्य लागत वा पारदर्शी लागतमा वैदेशिक रोजगार, जुनसुकै किसिमले वैदेशिक रोजगारीमा आए पनि वंशजको नेपाली सधैंको नेपाली भएकोले विदेशमा ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर घरपरिवारलाइ जिम्मा लगाउने दायित्व सरकारको हुनुपर्ने,विदेशमा विभिन्न किसिमले ज्यान गुमाएका नेपालीहरूको शरीरका अंगहरू चोरी निकासी भएका विषयका कुराहरुलाइ प्राय सबै बक्ताहरुले जोड दिएका थिए।

कार्यक्रमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि समाचार सम्प्रेषण गरेर नेपाली समुदायसम्म सूचना प्रवाह गरि सुसुचित गर्ने नेपाली मिडियाहरुलाई खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको सोहि अवसरमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि अहोरात्र खटिएका निर्वाचन समितिका आयुक्त शिव कोइराला लगायत जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावतलाइ खादा ओढाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो।

बक्ताहरुले दिएका सुझावहरुलाई सम्बोधन गर्दै आईसीसी सदस्य अमित चाम्लिङले बक्ताहरुको सुझावहरु अत्यन्तै महत्वपूर्ण रहेको र यसको समाधानको लागि सम्बन्धित निकायमा राखिने साथै एनसीसी कुवेतले उपयोगी सुझावलाई अत्यन्तै गम्भीर रुपमा लिएको र केही सुझावमा उठेका बिषय माथी बोलेका थिए।

अध्यक्ष सुजन केसिले कार्यक्रम समापन गर्दै कुवेतका श्रमिकहरुको समस्याको समाधान गर्न निरन्तर लागिपर्ने बताउदै अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै  कार्यक्रम समापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...