News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    काठमाडौँ, वैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँस्थित हायात होटलमा आइतबार सम्पन्न भएको छ। महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो।

    एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित उक्त महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि ज्ञापन गरे।

    नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ :

    अध्यक्ष :

    महेशकुमार श्रेष्ठ

    उपाध्यक्ष (६ जना) :

    1. सुनिल कुमार साह
    2. बुद्धिसागर सुवेदी
    3. खगेन्द्र न्यौपाने
    4. लोकप्रसाद दाहाल
    5. मनोज कुमार श्रेष्ठ (गोर्खाली)
    6. विश्वास दीप लिम्बु (तिगेला)

    उपाध्यक्ष (महिला) :

    जुनु गुरुङ

    महासचिव :

    बाबुराम (बीआर) लामा

    सचिव (३ जना) :

    1. चिन्तामणि सापकोटा
    2. टङ्कप्रसाद गैरे
    3. तिलकप्रसाद गैरे

    सचिव (महिला) :

    देवकी खत्री गुरुङ

    कोषाध्यक्ष :

    ठाकुरप्रसाद ढुङ्गाना

    सह–कोषाध्यक्ष :

    कृष्णप्रसाद पोखरेल

    महिला संयोजक :

    रश्मि थापा

    युवा संयोजक :

    भीमसेन थापा

    क्षेत्रीय संयोजकहरू :

    एसिया–प्रशान्त : डा. बलराम श्रेष्ठ

    युरोप : प्रेमबहादुर गुरुङ

    मध्यपूर्व : रमेश श्रेष्ठ

    उत्तर–दक्षिण अमेरिका : डिलुराम पराजुली

    ओसेनिया : इर्सद अहमद

    क्षेत्रीय उप–संयोजकहरू :

    एसिया–प्रशान्त (२ जना) :

    1. माधव पोखरेल
    2. मीमबहादुर पुर्जा

    मध्यपूर्व (२ जना) :

    1. सुनिल कुमार घिमिरे
    2. श्रीकृष्ण भट्टराई

    उत्तर–दक्षिण अमेरिका (२ जना) :

    1. विश्वराज बास्तोला
    2. नरबहादुर टण्डन क्षेत्री

    ओसेनिया (२ जना) :

    1. रामप्रसाद कँडेल
    2. प्रताप राना

    निर्वाचन समितिले आइतबार महाधिवेशन स्थलमै एक समारोहको आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...