News Portal

एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

हिमालीसंचार संवाददाता
१६७ पटक

काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएका छन्। उच्चस्तरीय समितिले तोकेको मिति अनुसार वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको आधिकारिक वेबपोर्टलमार्फत यति संख्यामा आवेदन प्राप्त भएको हो।

हाल प्राप्त सबै आवेदनको प्रारम्भिक समीक्षा तीव्र गतिमा अघि बढिरहेको समितिले जानकारी दिएको छ। समितिको भनाइ अनुसार, समीक्षा क्रममा कुनै पनि आवेदन अपूर्ण वा अस्पष्ट देखिएमा सम्बन्धित आवेदकलाई २४ घण्टाभित्र आवश्यक कागजात पेश गर्न सूचित गरिनेछ। समयमै कागजात नपठाएमा ती आवेदन स्वतः रद्द हुने स्पष्ट पारिएको छ।

डेलिगेट प्रमाणिकरण प्रक्रिया वैशाख १३ गते (२५ अप्रिल २०२५) सम्ममा सम्पन्न गर्ने तयारीमा रहेको समितिले जनाएको छ। साथै, १०० अमेरिकी डलर बराबरको शुल्क बुझाइसकेका आवेदकहरूले शुल्क भुक्तानीको प्रमाण तुरुन्तै समितिमा पठाउनुपर्ने पनि आग्रह गरिएको छ।

प्रमाणिकरण प्रक्रिया पूरा भई शुल्क तिरेका डेलिगेटहरू मात्र महाधिवेशनमा सहभागी हुन र उम्मेदवारी दिन योग्य हुने समितिले प्रस्ट पारेको छ। एकता महाधिवेशनप्रति देखिएको उल्लेखनीय चासो, सहभागिता र समर्थनप्रति संघले आभार व्यक्त गरेको छ।

महाधिवेशनको मिति र विस्तृत कार्यक्रमबारे जानकारी निकट भविष्यमा सार्वजनिक गरिने समितिको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...