News Portal

  • तपाईको सर्वोच्च शक्ति र सार्वभौम सत्ताको अख्तियारी वारेस दिनुस् यहाँलाई पश्चाताप हुन दिने छैनौ – अशोक राई

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    धरान – एमाले-जसपा नेपालले धरानको भानुचोकमा संयुक्त रुपमा आयोजना गरिएको बृहत जनसभा कार्यक्रममा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले आयोजित जनसभामा जनताको सर्वोच्च शक्ति र सार्वभौम सत्ताको अख्तियारी वारेस दिनुस् यहाँलाई पश्चाताप हुने छैन भन्दै जनअभिमत अनुरोध रहेका छन्। 

    धरानको भानुचोकमा आयोजित अन्तिम चुनावी जनसभालाई सम्बोधन गर्दै उम्मदवार राईले यहाहरुले सूर्यमा लगाउने भनेको जनतामा रहेको असिमित, सर्वोच्च शक्ति र जनतामा रहेको सार्वभौम सत्ता तपाई कसैलाई सुम्पदै हुनुहुन्छ। त्यसको अख्तियारी दिदै हुनुहुन्छ, वारेस खटाउदै हुनुहुन्छ। यहाहरुले निश्चय नै यो समिकरणले उठाएको साझा उम्मेदवारहरुलाई आफ्नो वारेस बनाएर, आफ्नो अख्तियारी सुम्पिएर र आफ्नो शक्ति सुम्पिएर जिम्मेवारी दिनुस् हामी यहाहरुको सेवामा समर्पित हुने छौ। आउने दिनमा निश्चय नै यहाहरुलाई कुनै किसिमको पश्चताप हुन दिने छैनौ भन्दै जनअभिमत आफ्नो समुहलाई दिन अनुरोध गरेका हुन्। 

    सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभा- १ (क) मा नेकपा एमालेका रमेशकुमार बस्नेत, प्रदेशसभा (ख) तर्फ विजयकुमार राई र प्रतिनिधिसभा सदस्यमा जसपा नेपालका संधीय परिषद्का अध्यक्ष राई चुनावी मैदानमा रहेका छन्। राईले आफ्नो सम्बोधनका क्रममा पूर्वबक्ताहरुको प्रेमिल शब्दहरुले भावुक भएको बताएका उनले हातीसार क्याम्पसको दुई बर्षको अध्ययन पश्चात नेकपा माले पार्टी निर्माण गर्ने क्रममा भूमिगत जीवन विताएको स्मरण गरे। 

    ०४६ सालमा कोशी अञ्चलका नेताको रुमा रहदा धरानलाई नै मुख्यालय बनाएर राजनीतिक शुरु गरेका उम्मदवार राईले धरानबाटै पार्टी निर्माण गरेका बताए। माले पार्टी निर्माणका क्रममा सहकार्य गर्नुहुने पुरानो समयका सबै साथीहरुलाई, सबै कमरेडहरुको स्मरण गरे । त्यसमध्ये केही वितिसक्नु भएको बताएका उम्मेदवार राईले भावुक हुदै वहाहरुको मधुर सम्झना मात्र अब हामीसंग बाकी छ। लिला श्रेष्ठ सुब्बा, कृष्ण पलिखे, पदम श्रेष्ठ वितिसक्नु भएको छ। अरु पनी थुप्रै वित्नु भयो। वहाहरुको पनी म सम्झना गर्न चाहन्छु। सबैको प्रयत्नले जो हुनुहुन्छ जीवित र क्रियाशिल जो वित्नु भयो। सबैको प्रयत्नबाट यो पार्टी, यो ठाउमा आई पुगेको उनको भनाई थियो।  

    आगामी मंसिर ४ गतेको निर्वाचनमा कस्तो परिणाम दिने भन्ने जिम्वारी बोध गरेर यो विशाल जनसभामा उपस्थित हुनु भएको छ। अब वितेको इतिहासलाई, त्यो विगतलाई अगाडी बढाउने जिम्वार पनी यहाहरुको काधमा रहेको बताएका उम्मेदवार राईले आफ्नो धोषणा पत्रका महत्वपूर्ण बुदाका सारांश छोटकरीमा राखेका थिए। 

    उनले भने ‘विकासका आधारभूत कामहरु धेरै भएका छन्। विकासका संरचनाका विषयमा जग राख्ने काम पुरा भएको बताउदै अब त्यो जगमाथी हामीले केही काम थपेर लानु पर्ने बताए । नया नै गर्नु पर्ने केही कुराहरु होलान् । त्यो जहिले पनी रहन्छ। तर, राम्रो जग म भन्दा अगाडीका पूर्ववर्ती नेताहरुले राख्नु भएको कुरा आफुले अनुभव गरेको बताएका उम्मदवार राईले अरु नेता साथीहरुले गर्नु भएको राम्रो कामको प्रशंसा गर्नमा कुनै कंजूस्याइ गर्न नहुने बताउदै त्यो जगमाथी अरु थप कामहरु गरेर लानका लागि यो टिमलाई काम गर्ने अबसर दिन जनसभामा उपस्थित जनसमुदायसंग आग्रह गरेका थिए। 

    राष्ट्रिय राजनीतिको आवश्यक्ताले यस पटक हामीलाई एउटा टिमको रुपमा प्रस्तुत गऱ्यो। यो हाम्रो व्यक्तिगत चाहानाले मात्र पनी सम्भव हुने कुरा थिएन। यो एउटा परिस्थितिले त्यस्तो ठाउमा हामीलाई उभ्यायो की हामी तीनजना यहाहरुको विचमा मत माग्न संगसंगै हिडिरहेका छौ। हामी तीन जनालाई विजय गराउनु भयो भने हामी टिममा रहेर सामुहिक रुपमा रहेर समुहमा हामीले काम गर्ने छौ। हामी ठुल ठुला काम गर्नु पर्दा अन्य दल, सम्पूर्ण धराने जनतासंग मिलेर अगाडी बढेर विकासका काम गर्ने बताए । 

    राष्ट्रिय गौरवका योजनाहरुको अलबा धरानका सबै भन्दा ठुलो समस्य खानेपानी रहेको उल्लेख गर्दै खानेपानीको अल्पकालिन र दीर्घकालिन योजनाहरुमा  अल्पकालिन योजनाहरु नगरपालिका र प्रदेशबाट केही हतसम्म हल हुन सक्दछ। तर, दीर्धकालिन रुपमा यो ठाउका जनताहरुलाई शुद्ध खानेपानी, स्वच्छ-स्वस्थकर खानेपानी दिन पुर्णरुपले त्यो समस्यालाई समाधान गर्नका लागि संधको तर्फबाट हामीले जितेर गयौ भने अविलम्ब सर्वेक्षणको काम, अध्ययनको काम गराउने प्रयत्न हुने बताए। 

    धरानका खानेपानीको समस्या सम्बन्धि अध्ययन गरे कहाबाट सम्भव हुन्छ। सप्तकोशी, सुनकोशी र तमोर वा धरान लेउती सुरुङ मार्ग धनकुटा आसपास महाभारत पर्वत सृखलका जलस्रोतहरुलाई ल्याएर यहाको आवश्यकता पूर्ण रुपले पुरा गर्न सकिन्छ की सम्भावनाहरु धेरै रहेकाले यसमा आफ्नो प्राथमिकता रहेको बताए।

    त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझै उन्नत अझै राम्रो सेवाहरु दिन सक्ने ठाउमा रुपान्तरित गर्नु पर्छ। अहिले पनी सेवा प्रवाह गरिरहेको प्रतिष्ठानले एमविविएस उत्पादन गर्दै छ। अरु थप विशेषज्ञ पनी उत्पान गर्दै छ। तर, त्यसलाई त्यतिमा मात्र सिमित नराखेर धरानका जनताहरुले वीपी प्रतिष्ठानमा सबै किसिमका सेवा पाउने व्यवस्थाको आवश्यक रहेको बताए। धरान, प्रदेश नं. १, प्रदेश नं. २, सम्पूर्ण नेपाली र छिमेकी मुलुकका जनतासम्म उत्कृष्ट सेवा प्रवाह होस् यो तर्फ ध्यान रहने बताए। वीपी प्रतिष्ठान धरानमा व्यवस्थापनको सुधार होस् अथबा बजेटको प्रवाह। यो दुबै क्षेत्रमा आफ्नो ध्यान रहने समेत उम्मेदवार राईले बताए। 

    त्यस्तै घ्वस्त भएको धरानको थोक व्यापार पुन: सुधार गर्नु पर्ने उनको धारणा थियो। त्यसका लागि सडक संजाल विस्तार गर्नु पर्ने उनको अधिमान्य रूपमा रहेको बताए। तमोर करिडोर सडक अन्तरगत पक्कि पुल, पक्कि बाटोले पुर्वको ताप्लेजुङ, तेह्रथुम, पाचथर र धनकुटाका व्यापारीहरु मात्र होइन उदयपुर, खोटाङ र भोजपुरका व्यापारीहरुले पनी यहाबाट थोक व्यापार उठाउन सक्ने अबस्था रहेको कारणले धरानको आर्थिक कारोबारलाई थप उन्त गर्न सधाउ पुऱ्याउने बताए। 

    त्यस्तै, हर्दिया, रामधुनी, चादीबजार, बराह क्षेत्र र चक्रधट्टी क्षेत्रको सबै ठाउमा कच्चि सडक छ । पुलहरु बनेका छन् तिनीहरुलाई पक्कि सडकमा रुपान्तरित गर्ने उनको भनाई थियो । मदन भण्डारी राजमार्ग अगाडी बडाउनु छ। त्यसका लागि आवश्यक पुलहरु बनाउनु पर्ने बताए। यसरी उपमहानगरपालिका धरानलाई जोड्न सकियो भने वरीपरीका जिल्ला, नगरपालिकाहरु र पालिकाहरुसंग धरान उपमहानगरपालिकाहरुसंग जोड्न सकियो त्यहाका कृषि उपजले यहा बजार पाउछ। यहा उपलब्ध सेवा र सुविधाहरु त्यहा पनी विकास हुने बताए।  

    धरानको तीनकुनेमा रहेको औधोगिक क्षेत्र रहे पनी धरानमा थप औधोगिक क्षेत्रको विकास गरी थप रोजगारी सिर्जना गर्न सके जनतालाई रोजगार दिन सकिने उम्मेदवार राईले बताए। सप्तरंगी जस्तो सौन्दर्य नगरी रहेको धरानमा बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक धरानमा पिण्डेश्वरीदेखि जग्दीमहारानीसम्म थारु आदिबासीहरुको आस्थाको केन्द्र रहेको देव स्थलसम्म जोड्ने किसिमबाट पर्यटनको एउटा सर्किटका रुपमा विकास गर्ने योजना रहेको उम्मदवार राईको योजना रहेको बताए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal