News Portal

  • “निर्दयी मन र फुलको कथा”

    हिमालीसंचार संवाददाता
    २५३ पटक

    आजपनि हर विहान सम्झिन्छु म तिमीलाई,,,,

    कति सबेरै उठ्थ्यौ , घरको कामधन्दा सबै सर्लक्कै गर्थ्यौ, अहिले तिमी कहाँ छौ प्यारी……

    आज हामी छुट्टिएर अलग भएको ५ वर्ष भयो तिमीले त मलाई सजिलै बिर्सियौ तर मैले तिमीलाई कहिल्यै भुल्न सकिन प्यारी…..

    हो, म मान्छु कि म बाट ठूलो गल्ती भयो । जब तिमी म सँग थियौ, जब तिमी मेरी थियौ मैले तिम्रो माया र तिम्रो कोमल भावनालाई बुझ्न सकिन, घर अनि परिवारको स्याहारसुसार गर्दा थकित भएका तिम्रा ति कोमल हातलाई कहिल्यै मायाले सुम्सुम्याउन सकिन, तिम्रा ति निर्दोष आँखाबाट बग्ने ति आँसुलाई कहिल्यै पुछ्न सकिन, तिमीले गर्ने प्रेमिल व्यवहारलाई सधैं सामान्य रुपमा लिए तर आज आएर महसुस भयो कि प्रिय तिमी मेरो कति खास मान्छे रहिछ्यौ। प्यारी तिमीले मलाई छोडेर गएको २/४ दिन त बडो खुसीयाली र हर्षबढाइँका साथ बित्यो म सोच्थे कि खुट्टा भए जुत्ता कति कति त्यसले छोडेर जाँदैमा मलाई केहि फरक पर्दैन। त्यसमाथि मर्द ले दशवटी बिहे गरेर ल्याउँछ भनेर ढाडस दिने मेरा घरपरिवार थिए । जसकारण तिमी जाँदा पनि मलाइ कुनै दुःख थिएन तर,,,, तर प्यारी तिमीले मलाइ छोडेर गएको केहि समयपछि देखि नै मलाई तिम्रो यादले पछ्याउन र सताउन थाल्यो । प्यारी तिमी र तिम्रो मायालाई चिन्न नसकेको मेरो दिमाग भएपनि मेरो आत्मा र मेरो शरीरले तिम्रो मायाको महसुस गरेको रैछ भन्ने आभाष हुँदै थियो मेरो मानसपटलमा…….

    प्यारी  आजपनि हरेक विहान सम्झिन्छु म तिमीलाई जब म विहानीको मस्त निद्राबाट ब्युझिन्छु, तिमी छेउमै भएको आभाष गर्दै तिमीलाई एकनासले हेरिरहन्छु, यस्तो लाग्छ कि ( तिमी उज्यालो भयो भन्दै उठ्छेउ र सधैं झै Good morning Hubby भन्दै मेरो गालामा मायालु भाव पोख्दै गहिरो चुम्बन गर्छौ ।तर प्यारी तिमीलाई थाह छ ????? यसपाली म तिमीलाई पहिले झै (छोड न मलाई छ्या,,, के गरेको विहान विहान निन्द्रा खराब नगर उता जाउ)!  भनेर गाली गर्दिन थे , हो नि प्यारी मलाई तिमीले छोडेर गएपछि आज पनि याद छ मलाई सधैं झै विहानीको नित्यकर्म सकेर जब तिमी चियाको कप लिएर मलाई Have a good day hubby भन्थ्यौ र मलाई सानो बच्चालाई झै फकाएर तोते बोली बोल्दै (छितो छितो) उठ्नुस भन्थ्यौ त्यो सबै कुरा धेरै याद आउँछ प्यारी।

    मैले अफिसको काम नभ्याउदा तिमीले मेरो काममा कति सहयोग गर्थ्यौ तर मैले चाहि तिमी केहि नजान्ने जस्तो गरी तिमीसंग रिसाउथे ,,, आजभोलि जब अफिसबाट थकित भएर आउँछु मेरा आँखाले तिम्रो हँसिलो मुहारको खोजी गर्छ, म के गरु प्यारी हुन त मैले तिमीलाई प्यारी भन्ने अधिकार गुमाइसकेको छु तर पनि आज तिमी मसँग भइदिएको भए म हरेक शब्दहरूमा प्यारी सम्बोधन गर्थे होला, तिमी मसंगै हुँदा कहिल्यै तिमी संग मीठो बोली बोल्न सकिन तिमी मेरो छेउमै हुँदापनि तिम्रो वास्ता गरिन, मेरो अरु महिलाहरु संगको बाहिरी सम्बन्ध थाह पाउदा तिमीले रुदै रुदै पटक पटक मलाइ सम्झाउदा तिम्रो कुरा कहिल्यै सुनिन, तिमीले मेरो सामु घुडा टेकेर दुइ हात जोडेर मलाई माया मात्रै दिनुहोस् हजुर मेरो मात्रै हुनुहोस् म संसार जित्न सक्छु भन्दा मैले कहिल्यै तिम्रा ति कारुणिक शब्दका मागहरुलाई आफ्नो हृदयमा बसाउन सकिन नत मेरो खोक्रो र थोत्रो मानसपटलमा त्यो कुरा नै घुस्यो नत तिमीलाई कहिल्यै मायालु शब्द प्रयोग गरे नत मायालु ब्याबहार नै दर्शाए।

    हे भगवान् म किन यति निर्दयी र निष्ठुरी भएको ? किन मैले आफ्नी श्रीमतीलाई भन्दा धेरै बाहिरी स्त्री लाई विश्वास गरे मेरो श्रीमतीको लागि म नै उनको सबैथोक खुसी थिँए तर,,, मैंले किन उनलाई आफ्नो खुसी मान्न सकिन किन बढी खुसी हुनको लागि बाहिरी स्त्री सँग भौतारिदै हिँडे, किन म बाट यति धेरै धोका भयो, मलाइ कहिल्यै पनि महसुस भएन कि मेरी श्रीमतीलाई पनि मेरो माया चाहिन्छ भनेर ,,, बाहिरी दुनियाँबाट तृप्त भएर आएको मलाई उनले मायाले सुम्सुम्याउन खोज्दा पनि तिखा काँडाले घोचे झै महसुस हुन्थ्यो। उनका हरेक कृयाकलापमा झर्किने र थर्काउने म जस्तो महिषासुर लाई उनले सधै सम्मान गर्ने गर्दथिन्।

    प्यारी मलाई आज पनि याद आउछ तिमीले मसंग लोकसेवाको विज्ञापन खुलेको रैछ मसंग मात्र ८०० छ मलाई २०० जति दिनु न म फम भर्छु भन्दा मैले तिमीलाई बिनाकारण गाली गर्दै तुच्छ वचन लगाएको थिए । जो मेरा थिएनन् तिनीहरुलाइ हजारौंको नोट बर्साउन सक्ने म आफ्नी श्रीमतीले जाबो सय / दुइसय माग्दा झर्केर पैसा कमाउन कति गार्हो छ ? घरमा बसेर खानेलाई के थाह ? जा ! एकदिन बाहिरको अफिसको काम गर् कति तनाब हुन्छ अनि कति गार्हो हुन्छ खुब हाकिम नै हुने झै गरी फम भर्छु रे छैन मसंग पैसासैसा तैले केहि गर्न सक्दिनस् अब खुरु खुरु बच्चा जन्माएर हुर्काइ बढाइ गर् अझै पनि के पढाइ अनि के फम भर्छु भन्छेस् भन्दै तिमीलाई तुच्छ वचन नलगाएको भए आज तिमी म सँग हुने थियौं होला।

    तिम्रो मनमा त्यो मेरो वचनको तीर यसरी गढ्यो कि आज ५ वर्ष हुँदा सम्म पनि तिमीले म अनि मेरो घरतिर फर्केर पनि हेरिनौ ,,,, तिमी स्वाभिमानी र मिहेनती थियौ तरपनि मैले तिमीलाई कहिल्यै कुनै कुराको अबसर दिएको थिएन, मत पागल थिए जो आफ्नी श्रीमतीको सुन्दरता र शालिनतालाइ नबुझेर दुनियाका मुहारका मेकअपले भरिएका अनुहार छान्दै हिडे।

    अब तिमीलाई पूर्णरुपमा गुमाइसके पछि आज तिम्रो सुन्दरता छर्लङ्ग देखे । सम्बन्ध बिच्छेदका क्रममा विभिन्न जालझेल गरि मैले तिमीलाई केहिपनि दिएको थिएन तिमीले म बाट पाउनुपर्ने अधिकार केहिपनि पाएकी थिइनौ, नत तिमीले श्रीमानको माया ,साथ सहयोग पायौ नत सासु ससुरा बाट हौसला र प्रेरणा पायौ हामीले तिमीमाथी निकै ठुलो अत्याचार गरेका थियौ। मैले किन बुझिन प्यारी ,,,, मैले किन बुझिन कि मेरी आमाले भनेको कुरा मेरो बुबा ले सधै सुन्नुहुन्थ्यो, र अझै पनि सुन्नु अनि मान्नुहुन्छ बालककाल देखि यो दृश्य देखिरहेको मैले आफ्नी श्रीमतीको कुरा कहिल्यै सुनिन किन ? किन मेरा बुबा आमाले श्रीमतीको कुरा पनि सुन्नुपर्छ उसको पनि मनोभावना बुझ्नुपर्छ भनेर सिकाउनु भएन मलाइ किन ??? किन ???? किन ??? किन किन मलाइ श्रीमतीको कुरा सुन्दा जोइटिङ्ग्रे भइन्छ भनेर सिकाउनु भयो??? जब मैले कोहि पर स्त्री लाइ रातमा होस् या दिनमा आफ्नै घर कोठामा ल्याएर राख्थे तब त्यतिबेला किन तपाइहरुले मलाइ गाली गर्नुभएन? मेरो आचरण र मेरो चरित्र खराब हुँदै जाँदा किन मलाइ यस्तो कार्य नगर यो सब गलत हो भनेर सिकाउनु भएन ? आखिर किन ? किन बुबा किन ?आमा मलाइ यस्तो कु संस्कार किन दिनुभयो। भन्छन् नि जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भनेर त्यस्तै भने झै भयो म अनि मेरो परिवारमा तिमीले रुदै मेरो घर छोडेर गएको केहि महिनापछि मेरो बहिनीलाई ज्वाइले घरबाट निकालीदिनुभएछ। बहिनी रुदै आइन् र अदालत जाने कुरा गरिन् बहिनीले रुदै ज्वाइले शारीरिक तथा मानसिक तनाब दिने र खानलाउन समेत नदिइ रातदिन घरबाट निस्केर जान दबाब दिएपछि उनी अदालत जाने कुरा गरिन् बहिनीको त्यो कारुणिक हाल देखेर मेरी आमा बहिनीलाई अंगालो हालेर रुनु भयो त्यतिबेला मैले तिमीलाई सम्झीए प्यारी तिमी पनि त आफ्नो बुबा आमाको मुटुको टुक्रा जस्तै छौ। तिमी पनि त तिम्रो बुबा आमाकी प्यारी परी हौ , तिमी पनि त्यसरी रुदै जाँदा तिम्रो बुबा आमालाई कति दुख भयो होला कति पिडा भयो होला उहाँहरुलाइ । सायद तिमी र तिम्रो आमाबुबाको मन दुखाएर होला हामीलाइ र मेरी बहिनीलाई यस्तो चोट परेको ,,,बहिनीले अदालत जाने कुरा गरेपछि हामीले पनि ठिकै छ भनी समर्थन जनायौ र अदालत गयौ। सबैभन्दा पहिले न्यायिक र कानुन बुझेको मान्छे संग सल्लाह लिने विचार गरी जिल्ला न्यायधीवत्ता लाइ भेटेर कानुनी परामर्श लिउ भन्दै जिल्ला वकिल कार्यालय गयौ । त्यहा बाहिर सुरक्षा गार्डले एकछिन पर्खनुस हाकिम साप अहिले बिजि हुनुहुन्छ भन्नुभयो हामीभन्दा अगाडी २/४ जना बस्नुभएको थियो। “हजुर के कामले आउनु भएको हो ?” एक जनालाइ मैले सोधे उहाले भन्नुभयो “अधिवक्ताज्यूसंग केहि कानुनी परामर्श लिनु छ उहाँ भित्र पिडीतसंग कुराकानी गर्दै हुनुहुन्छ त्यहि भएर हामी प्रतिक्षामा बसेका छौ” एकछिनको प्रतिक्षा पछि हामीलाई पनि भित्र बोलाइयो त्यसपछि म मेरी बहिनी र मेरो नाता पर्ने काकासहित वरिष्ठ न्यायधीवक्ताको कार्यकक्षमा प्रवेश गर्यौ, कोठामा बाक्लो मखमलको कार्पेट, रङ्गीचङ्गी पर्दाहरु, AC को चिसोले गर्मीयामको मौसमलाई नै चुनौती दिइरहेको, अगाडी टेबलमा CCTV फुटेज देखिने कम्प्युटर कार्यकक्षमा भित्र CCTV र बाहिर सुरक्षा गार्डको सुरक्षामा बडो आन, बान र शानसंग भद्रता र शुशिलताले भरिएकी हाम्रो जिल्लाको वरिष्ठ न्यायधीवक्ता अरु कोहि नभएर मेरी श्रीमती थिइन् जसलाई मैले २०० रुपियाँ माग्दा आफु बडो जागिरे भइ ठुलै उपलब्धि हासिल गरेको महसुस गरेर उनलाई बिनाकाम की भनेर उपहास गरेको थिएँ। उनलाई यो सानदार र सम्मानित ओहोदामा देख्दा उनको अगाडी मेरो शीर एकाएक झुक्न पुग्यो उनीसंग मेरो नजरहरु जुध्न डराउन थाले, मेरा हातहरु थर्थर् काँप्न थाले , उनको सामु मेरो बोली फुट्न सकेन, मेरो बहिनीले म तिर पुलुक्क हेरिन् मेरो काका पनि दङ्ग परेर हेरिरहनु भयो आज हामी उनको सामु अपाङ्ग झै भएका थियौ न त बस्न सक्यौ न त उनी सङग बोल्न सक्यौ हामी यसरी लाचार भएर उभिएको देखेर उनले नमस्कार बस्नुस भन्दै अनुमति दिइन्। हजुरहरु यहां आउनुको कारण के होला ? केहि समयसम्म हामी नबोल्दा उनी आफैले प्रश्न गरिन् ? कसरी भनौ ? कसरी भनौ कि जुन पिडा मैले तिमीलाई दिए त्यस्तै पिडा मेरी बहिनीलाई परेको छ भनेर छि:: म कति निर्लज रहेछु जुन् पिडा तिमीलाइ दिए जस्लाइ धेरै अन्याय गरे आज उसकै सामु आफ्नी बहिनीलाई न्याय दिलाइदिनु भन्न आएको छु। म केहि बोल्न सकिन बहिनीले आफ्नो समस्या सुनाउदै गइन् म भने लाचार भएर शीर झुकाएर बिगतमा आफुले उनीप्रति गरेका तुच्छ व्यवहार सम्झीदै गए। मनमा अनेक तर्क वितर्कका छालहरु उर्लिरह्यो , तिमीलाइ प्रयोग गरेका तिखा वचनहरुको ज्वालामुखीले मेरो मुटु कलेजो छिया छिया पारिरहेको थियो। म कति मुर्ख र घमण्डी रहेछु मैले उनलाई केहि नजान्ने भन्दै होच्याइरहे सधै उनको अपमान गरे, उनको मन दुखाएर, तिखा र रुखा वचनका वाणहरुले उनलाइ प्रहार गरिरहे।

    भगवान् जस्ती मेरी श्रीमतीलाई मैले चिन्न सकिन उनी साक्षात् भगवती सत्यवती जस्ती थिइन्।

    साच्चै भन्नु पर्दा उनी त्यो कफी जस्तै छिन्, जो पिएपछि सबै तनावहरु हराएर जान्छन्।

    उनी त्यो बलिरहेको मैनबत्ती जस्तै छिन्, जसमा कोमलता भएपनि आगोको ज्वाला सहन सक्ने क्षमता छ।

    उनी त्यो किताब र किताबभित्रका हरेक पाना, हरेक वाक्य, हरेक शब्द र अक्षर जस्तै छिन्, जुन पढ्दा र सुन्दा मानिसमा भरपुर ज्ञान भरिदिन्छ।

    उनी त्यो चस्मा जस्तै उदार छिन्, जुन लगाएपछि आँखा नदेख्ने र दुर दृष्टिलाई पनि सहज बनाइदिन्छ।

    उनी त्यो वरिपरिको हरियाली वातावरण जस्तै छिन्।
    जसले सधै अरुलाई शितलता प्रदान गर्दछ।

    उनी त्यो मसिना पानीका थोपा र उडिरहेका सुन्दर पुतली जस्तै छिन्, जसले जीवनलाइ अत्यन्त सुन्दर तरिकाले परिभाषित गर्दछ। उनी त्यो टेवल जस्तै अटल छिन्, जसमा हरेक कार्य भारी अनि जटिलताको बोझ भएपनि कत्ति पनि विचलित हुदिनन्।

    र उनी त्यो मिठो सुमधुर गीत जस्तै छिन् , जो सुनेर हरेकले आफ्नो पिडा बिर्सने र मनमा माया पलाउने गर्दछ।

    यस्ती छिन् मेरी प्यारी, मेरी श्रीमती, मेरी धर्मपत्नी

    उनको स्वाभाब आज पनि उस्तै र उ्तिकै उदार अनि मायालु छ,छैन त केवल उनको र मेरो बिचको नाता सम्बन्ध।

    मैले आफ्नै हातको हिरालाई ढुङ्गा सम्झेर मिल्काएको रैछु तिमीलाइ कमजोर सोच्नु मेरो ठुलो भुल थियो प्यारी मैले तिमीलाई कहिल्यै राम्रो व्यवहार गर्न सकिन मलाई माफ गरिदेउ है ,,,,,,,,,,,। यो निर्दयी मन र फुस्रो पुरुषत्वको अहंकारले आज मेरो जिन्दगी तहस नहस भएको छ। तिमी कोमल फुल थियौ तिम्रो मन कोमल थियो तिम्रो कोमल दिल दुखाय तिमिले गर्ने चोखो मायाको बदलामा सधै आँसु र पिडा दिय। तिमी मेरो जिन्दगीको सुनौलो पाना थियौ। मेरो निर्दयी मनले तिम्रो कोमलता र प्रेम बुझ्न सकेन। अब त पछुतो र पस्चाताप बाहेक म संग अरु केही छैन। सम्झिनु, आफैले आफैलाइ धिक्कार्नु यहि चलिरहेछ जिन्दगीमा अचेल  ………….

               ✍मधु आचार्य, कैलाली।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal