News Portal

वरिष्ठ साहित्यकार मन्जुलबाट मायाको ऐना एल्बम सार्वजनिक

हिमालीसंचार संवाददाता
५२३ पटक

काठमाण्डौ। वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच ओएसनेपालको आयोजनामा आज वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र  साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो।

विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ” र गायक सुमन श्रेष्ठको स्वरमा ‘आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा पल्कायौ पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ’ दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ।

‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’ वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ। ‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर माया त हाम्रो जीवन हो सानू झालझेल नगर।’
गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ।

”गीत, संगीतको महा उत्सव ओएसम्युजिक अवार्ड अग्रज अनि स्रष्टा सबैको सम्मान गर्ने ओएसम्युजिक अवार्ड।” वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ।

एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताउनु भयो।

दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लाग्नुभएकोमा खुशी व्यक्त गर्नु भयो।

यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामना गर्नुभयो।

ओएसनेपालको प्रस्तुति रहेको एल्बम  सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...