News Portal

  • वरिष्ठ साहित्यकार मन्जुलबाट मायाको ऐना एल्बम सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ४१५ पटक

    काठमाण्डौ। वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच ओएसनेपालको आयोजनामा आज वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ।

    साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र  साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो।

    विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ” र गायक सुमन श्रेष्ठको स्वरमा ‘आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा पल्कायौ पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ’ दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ।

    ‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’ वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ। ‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर माया त हाम्रो जीवन हो सानू झालझेल नगर।’
    गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ।

    ”गीत, संगीतको महा उत्सव ओएसम्युजिक अवार्ड अग्रज अनि स्रष्टा सबैको सम्मान गर्ने ओएसम्युजिक अवार्ड।” वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ।

    एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताउनु भयो।

    दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लाग्नुभएकोमा खुशी व्यक्त गर्नु भयो।

    यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामना गर्नुभयो।

    ओएसनेपालको प्रस्तुति रहेको एल्बम  सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...

    भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

    भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २०...