News Portal

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा संगीतकार रसिक र संचारकर्मी मेन्याङबो सम्मानित-पुरस्कृत

हिमालीसंचार संवाददाता
९६२ पटक

फाल्गुण-२९, मंगलबार/काठमाडौं – बरिष्ठ संगीतकार एवं साहित्य साधक गणेश रसिक र संचारकर्मी एवं साहित्यकार प्रदीप मेन्याङबोलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सम्मानित एवं प्रतिभा पुरस्कृतबाट पुरस्कृत भएका छन्। 

हिजो सोमबार पुतली सडक स्थित काठमाडौंमा आयोजित एक समारोहवीच संगीतकार रसिक र संचारकर्मी मेन्याङबोलाई सम्मान तथा पुरस्कृत गरिएको हो। संगीतकार एवं संचारकर्मी दुबैलाई सम्मान एवं पुरस्कार स्वरुप जनही नगद एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रत्येक वर्ष नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्ने उदेश्यका साथमा विशेष सम्मान एवं पुरस्कार प्रदान गर्दै आई रहेको छ ।

आयोजित कार्यक्रममा सम्मान एवं पुरस्कार वितरण समारोहका प्रमुख अथिति बरिष्ठ साहित्यकार बैरागी काइँलाले संगीतकार रसिक र संचारकर्मी मेन्याङ्बो दुबै जनाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको अविस्मरणीय भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...