News Portal

कविता : “न्याय”

हिमालीसंचार संवाददाता
९७८ पटक

दिनभर बाघ जस्तै गर्जन्छ ऊ
टुडिखेलमा
भाषण छाट्छ
महिला अधिकार
बाल अधिकार
बिल्कुल पछि पर्दैन
बलात्कारिलाई सजाय दिन

बलात्कारि विरुद्ध अनशन बस्छ
माइती मण्डलामा
पुरुषार्थले छाती पिट्दै
जलाउँछ न्यायालय
न्यायाधीशकाे गाडी जलाउँछ
जलाउँछ हाेटलमा जडान
सिसिटिभीका फुटेजहरु
मेट्छ सबै प्रमाण आफै विरुद्ध

भिर्छ गलामा
पत्रकार ओैठा छाप कार्ड
उभिन्छ जनसामु
मदमत्त हुदै साेध्छ प्रश्न
कहाँ कहाँ छाेयाे तिमीलाई ?
गर्याे कसरी बलात्कार ?
च्यात्तिएको छ अंग कुन कुन ?

ओ धर्मात्मा पुरुष!
कहिल्यै नजन्माउनु छाेरी तिमीले
हेर्छाै कसरी तिम्रै छाेरीकाे
छेदन याेनी तिमीले ।

फेर्छाै कति ?
प्याड फेरे जस्तै गरि
आकार याेनीकाे ।।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...