News Portal

कविता : “न्याय”

हिमालीसंचार संवाददाता
९२८ पटक

दिनभर बाघ जस्तै गर्जन्छ ऊ
टुडिखेलमा
भाषण छाट्छ
महिला अधिकार
बाल अधिकार
बिल्कुल पछि पर्दैन
बलात्कारिलाई सजाय दिन

बलात्कारि विरुद्ध अनशन बस्छ
माइती मण्डलामा
पुरुषार्थले छाती पिट्दै
जलाउँछ न्यायालय
न्यायाधीशकाे गाडी जलाउँछ
जलाउँछ हाेटलमा जडान
सिसिटिभीका फुटेजहरु
मेट्छ सबै प्रमाण आफै विरुद्ध

भिर्छ गलामा
पत्रकार ओैठा छाप कार्ड
उभिन्छ जनसामु
मदमत्त हुदै साेध्छ प्रश्न
कहाँ कहाँ छाेयाे तिमीलाई ?
गर्याे कसरी बलात्कार ?
च्यात्तिएको छ अंग कुन कुन ?

ओ धर्मात्मा पुरुष!
कहिल्यै नजन्माउनु छाेरी तिमीले
हेर्छाै कसरी तिम्रै छाेरीकाे
छेदन याेनी तिमीले ।

फेर्छाै कति ?
प्याड फेरे जस्तै गरि
आकार याेनीकाे ।।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...