News Portal

गजल

हिमालीसंचार संवाददाता
३८६ पटक

परिचय मेटेर परिचय भन्नु परेको छ।
फेरि पनि हजुरकै जयजय भन्नु परेको छ।

छिमेकीहरु वंशजका नागरिक बने आजभोलि।
नेपालीहरु पो बिराना भए भन्नु परेको छ।

पराधीन त यो सर्वस्व पराधीन भैसक्यो तैपनि।
स्वतन्त्र नै छ यो मेरो हृदय भन्नु परेको छ।

बुहारीले पो सासुको कन्यादान गर्न थालेका छन्।
यस्तै रहेछ अचेलको समय भन्नु परेको छ।

भन्न त मैले छाडिसकेको थिएँ गुनासाहरु।
फेरि बल गरिगरि कतिपय भन्नु परेको छ।

मनको दराजमा थुनेर राखे पनि आँखिझ्यालबाट।
गैजानेहरुलाई झन् नगए भन्नु परेको छ।

न हावाले उडायो न कुचोले बढार्न सकियो।
आइदिए पनि हुन्थ्यो प्रलय भन्नु परेको छ।।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...