News Portal

  • नेपालका महत्वपूर्ण एतिहासिक सिन्दुलीगढी, अन्य महत्वपूर्ण गढीहरुको संरक्षण गरौ : मुलघरे कान्छा

    हिमालीसंचार संवाददाता
    ३६३ पटक

    काठमाडौं – प्राचीन नेपालको ईतिहासलाई हेर्ने हो भने किरातकालमा विशाल किरात राज्य थियो। किरातकालमा पनि त्यतिबेला अहिलेको संघिय राज्य प्रणाली जस्तै विकेन्द्रिकृत शासन प्रणाली स्थापित थियो। जसको उदाहरण किरात राज्यमा विभिन्न हाङ र स्थानीय सरदारहरुको नेतृत्वमा आ-आफ्नै कविला गणराज्यहरु, थुमहरु र गढीहरु जस्ता प्रशासनिक इकाइहरु मार्फत साशन गर्ने गरिन्थ्यो ।

    त्यही किरातकालीन हाङहरुको प्रसाशनिक इकाइ थुम गढीहरुलाई नै विभिन्न कालखण्डको बावजुद आजसम्म पनि सिन्दुलीगढि, पौवागढी,मकवानपुरगढी हरीहरपुरगढी, चौदण्डिगढी, विजयपुरगढी, सिलिगढी, जलपाईगढी, मैनागढी, सिम्रौनगढ, धुपगढि, विन्नागढी, केमाक्छागढी, सेर्फानगढी, हतुवागढी, मझुवागढी, केपीलासगढी, चिशखुगढी, खोटेहाङगढी, तोलोवागढी, होलैसुङगढी, डुम्रेगढी, बुढाहोङगढी, हेदङनागढी, बुङनामगढी, मुक्लीगढी, च्यानामृगढी, याङपाङगढी, खिल्कुगढी, पाप्पाखामगढी, भोल्टेकोटगढी, खाम्तेलगढी, दुङमागी, तम्बर तापेथोकगढी, आठराई पोमाजोङगढी, फेदाप पोक्लाबुङगढी, फेदेनगढी, ताक्लुङगढी, याङवरक हस्तपुरगढी, मेवथुम मिरिङ्देनगढी, मिक्लुक सानगढी, कोयाखोलाथालगढी, फाकफोक आङदाङ गढी आदि किराती नामहरुले परिचित छन।

    भौगोलिक रुपमा उच्च स्थानमा रहेका यी किरातकालिन गढीहरु रणनैतिक उच्च महत्वको रुपमा किराती शासन प्रणाली र सैन्य अभ्यासका जिवित प्रमाणहरु हुन। त्यही सिन्दुलीगढी वरपरको क्षेत्रमा विभिन्न कोटहरु: (खुर्कोट, मुलकोट पौवागढी इत्यादी) किरातकालमा सिमाना सुरक्षाका लागि बनाइएका विशेष सैन्य प्राङगाणहरु किराती भाषाबाट नामकरण भएका हुन।

    यो नेपालको ईतिहासमा ऐतिहासिक स्थल सिन्दुलीगढीको ईतिहास किरातकाल/लिच्छवी/मल्लकाल/सेनकाल/शाहकाल लगायत विभिन्न कालखण्डमा सैन्य रणनैतिक रुपमा निकै महत्वपुर्ण रहेको देखिन्छ। 

    यलाखोम (नेपाल खाल्डो)मा किरातकालको अन्त्य भएपछिको लिच्छवी/मल्लकालिन/सेनकालिन ईतिहासहरु जस्तै; विक्रम सम्वत १३६७ मा सिम्रौनगढका सेनाहरू (डोयहरू) काठमाडौमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै जनकपुर फर्किएको, कमलामाई मन्दिरमा चढाएको मुकुट, मुलकोट, खुर्कोट जस्ता कोट लागेका स्थानसुल्तान समसुद्दीनको काठमाडौमा आक्रमण गरेको। 

    विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौ ध्वस्त बनाएको इतिहासको कारण सिन्धुलीगढी प्रमुख रणनीतिक नाकाको रूपमा रहेको मानिन्छ। कान्तिपुरे राजा शिवसिह मल्लले विस १६५५ तिर कान्तिपुर राज्यलाई सिन्धुलीसम्म फैलाएका थिए। 

    यसै समयमा यिनले सिन्धुलीको कमलामाई मन्दिरमा एउटा चाँदीको कमलको फूल पनि चढाएका थिए भनिन्छ । विस १७३८ मा सिन्धुली मकवानपुर राज्यअन्तर्गत राजा माणिक सेनको राज्यमातहत थियो। यसै समयमा कमला नदीभन्दा पूर्वको भाग मान्धाता सेनको राज्य थियो। मान्धाता सेनको मृत्युपश्चात् मोरङ र विजयपुरका राजा विधाता इन्द्र सेनले कान्तिपुरे राजाको सहयोग लिएर एक मकवानपुर बनाउने रणनीति लिएर राजा विधाता इन्द्र सेनले भेटघाटका कान्तिपुरे भारदारहरूलाई सिन्धुलीमा आमन्त्रण गरेका थिए । 

    सोहीअनुरुप विस १७४६ को फाल्गुण महिनामा कान्तिपुरे भारदारहरू सिन्धुली आएका थिए। त्यस्तै, राजा हेमकर्ण सेनका छोरा दिग्बन्धन सेन मकवानपुर राज्यका अन्तिम राजा थिए। गोर्खाका राजा पृथ्वीनारायण शाह दिग्बन्धन सेनका बहिनी ज्वाइँ थिए। विस १८११ को भाद्र १९ गते पृथ्वी नारायण शाहले दिगबन्धन सेनलाई आक्रमण गरेका थिए। 

    नेपालको ईतिहासमा गोर्खाको राजा पृथ्वी नारायण शाहको गोर्खा राज्यविस्तार पछिको ईतिहासमा सिन्दुलीगढिमा ब्रिटिस ईष्ट ईण्डिया कम्पनी (अंग्रेज-नेपाल बिचको युद्धको) जिवित दस्तावेज सिन्दुलीगढीलाई नेपालको तर्फबाट सबैभन्दा महत्वपुर्ण सैन्य रणनैतिक स्थलको रुपमा लिने गरिन्छ। सिन्दुलीगढीमा नेपालको आक्रमणको लागि भारतबाट जनकपुर हुँदै काठमाडौंतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुलीगढीमा विस १८२४ मा नेपाली वीर सेनापति वंशु गुरुङको नेतृत्वमा नेपाली सेनाले आक्रमण गरेर कात्तिक २४ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेका थिए।

    अन्तमा नेपालको ईतिहासको एक महत्वपूर्ण ऐतिहासिक स्थल सिन्दुलीगढीलाई जसरी राज्यको तर्फबाट संरक्षण प्रवर्द्धन गरिएको छ। त्यसैगरी नै नेपालको प्राचिन ईतिहासको किरातकालिन प्राचिन दरबारहरु, गढीहरु र विभिन्न ऐतिहासिक स्थल र भग्नावशेषहरुलाई राष्ट्रको सम्पति राष्ट्रिय सम्पदाको रुपमा संरक्षण प्रवर्द्धन गरेर नेपालको प्राचिन किरातकालिन ऐतिहासिक प्रमाण दस्तावेजहरु संरक्षण गर्नु पर्दछ। 

    राजेन खिम्बुले राई (मुलघरे कान्छा) 

    हाल; बेलायत

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal