News Portal

  • मकाउ सरकारले आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत, विदेशी श्रमिक कटौटी गर्ने नीति अख्तियार

    हिमालीसंचार संवाददाता
    १६०१ पटक

    सन्जिब कोयी/मकाउ – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। मकाउ सरकारले विदेशी श्रमिक व्यापक रुपमा कटौटी गर्ने नीति अख्तियार गरेको छ।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मकाउ सरकारले मकाउ आवागमनमा लगाएको प्रतिवन्ध हटाउने संकेत मकाउका कार्यकारी प्रमुख हो इट सेङले बताएको खबर स्थानीय समाचार एजेन्सी टिडीएमले लेखेको छ। 

    मकाउको स्वास्थ्य प्राधिकरणले लगाएको प्रतिवन्ध अब मकाउमा कार्यरत गैर आवासीय कामदारहरु विदेशी नागरिकले मकाउ प्रवेश गर्न अनुमति दिने धारणा राखेका हुन्। मकाउमा कार्यरत गैर आवासीय नागरिकहरुले आफ्नो जागिर नगुमाई मकाउ फर्कन अनुमति दिने बारे विचार गरिरहेको बताए। 

    मकाउ सरकारले यस अधि घरेलु कामदारका लागि मकाउ आवागमन प्रवेश खुल्ला गरेका बताएका कार्यकारी सेङले मकाउ सरकारले कोराना महामारीको मापडण्ड पुरा गरी त्यस तर्फ ध्यान दिन सक्ने संकेत गरेका हुन्। आवश्याक बैंध पहिचान गरिएका काजजातहरु र सरकारका परिवर्तित नीतिहरु पालना गरी मकाउ प्रवेशमा सोच्न सकिने बताएका हुन् । 

    मकाउमा कार्यरत नेपाली श्रमिकका लागि यो सकारात्मक संकेत हो। कोरोना महामारीका कारण तीन बर्षदेखि मकाउ सरकारले मकाउ आवागमनमा प्रतिबन्ध लगाएसंगै मकाउभित्र सिमित हुनु परेका श्रमिकहरुले यो नियम लागू भएमा सहज रुपमा विदा लिएर धर जान आउन पाउने भएका छन्। 

    पछिल्लो समय मकाउका स्थानीय नागरिक र मकाउ सरकारले समेत विश्वका विभिन्न मुलुकबाट मकाउमा श्रम गर्न पुगेका श्रमिकका लागि हेर्ने दृष्टिकोण फरक रहेको छ भने थप श्रम स्वीकृतिका लागि मकाउ सरकारले नया कानून अख्तियार गरेसंगै अत्याधिक भिसा कटौटी गर्ने निर्णय लिंदा नेपाली श्रमिकहरुले समेत रोगजार गुमाउनु परेको छ। 

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal