News Portal

माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुई तिहाइको बहुमत

हिमालीसंचार संवाददाता
५८५ पटक

ऐजेन्सी – माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले दुई तिहाइ सहितको स्पष्ट बहुमत प्राप्त गरेको छ।

आइतबार माल्दिभ्समा भएको मतदानबाट मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको माल्दिभ्सका निर्वाचन आयोगले जनाएको छ। १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट जित्ने अनुमान गरिएको थियो ।

मोहम्मद सोलिहलाई पराजित गर्दै गत सेप्टेम्बरमा मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए। उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीको बहुमत रहेको थियो। निर्वाचन परिणामले अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टी बहुमतमा हुने भएको छ।

राष्ट्रपति मुइज्जु चीन निकट मानिन्छन्ः राष्ट्रपति बन्न साथ आफ्नो औपचारिक भ्रमणसमेत चीनबाट सुरू गरेका थिए। यसबाट भारत रूष्ट बनेको थियो।मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नसमेत आग्रह गरेका थिए।

माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो। त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका थिए। राष्ट्रपति बनेपछि भारतलाई ६ महिनाभित्र आफ्नो सेना फिर्ता गर्न मुइज्जुले आग्रह गरेका थिए। त्यतिबेला भारतमा ‘बोयकट माल्दिभ्स’ अभियान नै चलेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...