News Portal

साउदी अरबमा एकैदिन ७ जनालाई मृत्युदण्डको सजाय

हिमालीसंचार संवाददाता
४७७ पटक

रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ। साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्डको सजाय दिइएको हो।

सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो।

साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइए पछि उनीहरूलाई टाउको काटेर यो मृत्युदण्डको सजाँय दिइएको हो।

तर, यसरी मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने साउदी अरबले अझै खुलाएको छैन्। साउदी समाचार एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए।

यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्‍याउने कार्य गरेपछि उनीहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो। सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिई सकिएको छ।

दुई वर्षअघि साउदी अरबमा एकै दिन ८१ जनालाई फाँसी दिइँदा विश्वव्यापी रूपमा आक्रोश मच्चिएको थियो। एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरेबियाले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो।

गत वर्ष डिसेम्बरमा साउदी अरबले सबैभन्दा बढी मृत्युदण्ड दिएको थियो। त्यो महिना ३८ जनालाई मृत्युदण्ड दिइएको थियो। २०२३ मा मृत्युदण्डको सजाय सुनाइएकामा देशद्रोहीको अभियोगमा दोषी ठहरिएका दुई सैनिक र आतंकवादी गतिविधिमा संलग्न ३३ जना थिए।

सन् २०२२ मा साउदी अरबमा १४७ जनालाई फाँसी दिइएको थियो, जसको मानव अधिकारकर्मीहरूले निरन्तर आलोचना गर्दै आएका छन्। त्यस्तै, २०१९ मा साउदीमा १८७ जनालाई मृत्युदण्ड दिइएको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...