News Portal

चीनको सेन्झेनमा कुकुर-बिरालोको मासुमाथि प्रतिबन्ध

हिमाली संचार संवाददाता
४३९ पटक

बेइजिङ — अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघर्षरत छ । विश्वलाई नै आक्रान्त बनाएको भाइरस गत डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानस्थित वन्यजन्तुको मासु बजारबाट फैलिएको आरोप लाग्दै आएको छ ।

यही आरोपकै बीच गत फेब्रुअरीमा चीनले वन्यजन्तुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो पटक चीनको सेन्झेन सहरमा पनि कुकर–बिरालोको मासु बिक्रीवितरण र उपभोगमा प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धसँगै सेन्झेन कुकुर–बिरालोको मासु प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर भएको छ। प्रतिबन्धसम्बन्धी कानुन मे १ देखि लागू हुने छ। पशु अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘ह्युमन सोसाइटी इन्टरनेसनल (एचएसआई) का अनुसार एसियामा मासुका लागि प्रत्येक वर्ष ३ करोड कुकुर मारिने गरिएका छन्।

‘घर पालुवा जनावरका रूपमा कुकुर र बिरालोको मानवसँग अन्य जनावरको तुलनामा नजिकको सम्बन्ध छ र हङकङ र ताइवानका साथै अन्य विकसित राष्ट्रमा मासुका लागि यिनीहरुसहित अन्य घरपालुवा जनावरको उपभोगमाथि प्रतिबन्ध लगाइएको छ,’ सेन्झेन सरकारलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ– ‘यो प्रतिबन्धले मासुका लागि घरपालुवा जनावरको उपभोग हुनु हुँदैन भन्ने मानव सभ्यताको चाहना र इच्छालाई समेत सम्बोधन गरेको छ।’

कुकुर–बिरोलोको मासुमा प्रतिबन्ध गर्ने सेन्झेन सरकारको निर्णयको पशु अधिकारवादी संस्था एचएसआईले प्रशंसा गरेको छ। ‘चीनमा प्रत्येक वर्ष मासुका लागि १ करोड कुकुर र ४० लाख बिरालो मारिन्छन्। जीवितै वा मारेर हुने घरपालुवासहित वन्यजन्तुका क्रुर व्यापार अन्त्यका लागि सेन्झेनको पछिल्लो निर्णय एउटा युगान्तकारी अवसर हुनसक्छ,’ एचएसआईका लागि चिनियाँ नीतिका प्रमुख डाक्टर पिटर लीले बताए।

सेन्झेनले मासुका लागि कुकर र बिरालो मार्न प्रतिबन्ध गरे पनि चीनले कोरोना भाइरसका बिरामीको उपचारका लागि भालुको पित्त प्रयोग गर्न हालै स्वीकृति प्रदान गरेको छ। चीनको परम्परागत औषधोपचारमा लामो समयदेखि भालुको पित्त प्रयोग हुँदै आएको छ। पत्थरी र कलेजोसम्बन्धी रोगको निदानका लागि भालुको पित्त प्रयोग भए पनि कोरोना भाइरस बिरामीमा यसले कतिको काम गर्छ भन्ने अझै पुष्टि भइसकेको छैन। पशु अधिकारकर्मीले भने कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा निर्दोष जनावर वा जनावरको अंग प्रयोग गर्नु नितान्त गलत भएको भन्दै विरोध जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...