News Portal

प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

१७१ पटक

काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एथ्लेन्डा माथेका अनुसार आक्रमणमा २५ जनालाई गोली लागेका छन्, जसमा १४ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

प्रिटोरियाबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने साउल्सभिल टाउनसिपको छात्रावासमा बिहान ४ः३० बजे तीन जना बन्दुकधारी प्रवेश गरी पुरुषहरूको समूह लक्षित गर्दै अन्धाधुन्ध गोली हानेको बताइएको छ। घटनास्थलमै १० जनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

गोलीकाण्डको उद्देश्य पत्ता नलागेको र घटनासम्बन्धी अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरी प्रवक्ता माथेले जानकारी दिएका छन्।

दक्षिण अफ्रिका पछिल्ला वर्षहरूमा सङ्गठित अपराध, भ्रष्टाचार र अवैध हतियारको दुरुपयोगसँग जुझिरहेको छ। मुलुकमा व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियार राख्नेको संख्या उल्लेख्य भए पनि अवैध बन्दुकहरूको उच्च प्रचलनले अपराधदर थप बढाएको अधिकारीहरूको भनाइ छ।

प्रहरीका अनुसार गत अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा आक्रमण तथा हिंसात्मक घटनाका कारण दैनिक सरासर ६३ जनाको ज्यान जाने गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...