News Portal

  • अविवाहित विदेशी महिलाले पनि साउदी अरेबियाका होटलमा कोठा लिन पाउने

    हिमाली संचार संवाददाता
    १४६ पटक

    एजेन्सी : साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ। कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ।

    तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबद्र्धनलाई अघि सारेका छन्। साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ।

    विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। “पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन,” विज्ञप्तिमा भनिएको छ।

    साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो। विगतमा मुस्लिम तिर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो।

    संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियाम अघि सारेको छ।

    तपाईंको व्यापार व्यावसायको प्रचार प्रसारका लागि हामीलाई सम्झनुहोस।
    [email protected]

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
           www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    प्रतिकृया दिनुहोस्

    कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

    काठमाडौँ, १३ माघ : सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन...

    सभामुख अग्नि सापकोटाले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौँ —  सभामुखका लागि अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी...

    फेरि बढ्यो सुनको मूल्य

    सुनको मूल्य फेरि बढेको छ । सोमबार सुनको मूल्य ५ सयले बढेको हो । सुनचाँदी...

    हजारको नोटमा आउँदैछन् दुइटा हात्ती !

    काठमाडौँ — अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा...

    कांग्रेस विवाद : भागबण्डा मिलेपछि विधान !

      काठमाडौँ — सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट विधानका धारा निलम्बन गर्ने निर्णय गरेपछि...

    हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।