News Portal

चिसिँदै टर्की अमेरिका सम्बन्ध

हिमाली संचार संवाददाता
६५० पटक

अमेरिकी विरोधका बाबजुद टर्कीले रूससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी इस्तानबुल पुगेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी राजधानी अंकारास्थित एक विमानस्थलमा शुक्रबार आइपुगेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रूसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ ।टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य हुन् तर टर्कीले रूससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको देखिन्छ । टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ ।

बीबीसीका अनुसार एफ–३५ का लागि टर्कीले ठूलो रकम खर्च गरिसकेको छ । टर्कीले रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ ।अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रूसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्छन् । रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् ।

अमेरिकाले रूसी प्रतिरक्षा प्रणाली पूर्णरूपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएको छ ।

नेटो सदस्य राष्ट्रका लागि रूसबाट यस प्रकारका हतियार तथा प्रतिरक्षा प्रणाली खरिदको सम्झौता अभूतपूर्व हो । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने देखिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि ‘अमेरिकाले आफ्नो देशविरुद्ध आर्थिक प्रतिबन्ध नलगाउनेमा आफू विश्वस्त रहेको’ बताएका छन् । अमेरिकाले यसअघि नै टर्कीलाई हवाईजहाज पठाउन रोक्दै पाइलट तालिमसमेत स्थगित गरिसकेको छ ।

यद्यपी, २९ सदस्यीय नेटोमा दोस्रो ठूलो सेना रहेको टर्कीमाथि अमेरिकाले तत्कालै कुनै प्रतिबन्ध लगाइहाल्ने निर्णय भन्न गर्न कठिन छ । सिरिया, इराक र इरानसँग सीमा जोडिएको टर्की रणनीतिक स्थानमा समेत छ । त्यसका साथै अमेरिकाको मुख्य सहयोगी टर्कीले सिरिया द्वन्द्वमा संलग्न विद्रोहीलाई हातहतियार उपलब्धसमेत गराउँदै आएको छ ।

एस–४०० ले कसरी काम गर्छ ?

एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीअन्तर्गतको राडारले लामो दूरी रेखदेख गर्न सक्छ । उक्त राडारले कुनै पनि नौलो वस्तु पहुँचमा देखिनेबित्तिकै नियन्त्रण गाडीमा सूचना दिन्छ । त्यसलगत्तै अर्को गाडीमा रहेको राडारले सम्भावित लक्ष्य तय गर्छ । नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा निकट र राम्रो अवस्थामा रहेको गाडीमा सूचना दिइन्छ जसले भूमिबाट आकाशमा क्षेप्यास्त्र प्रहार गर्छ । उक्त क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न राडारले सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...