News Portal

  • विधानसभामा ममता बेनर्जीको हार, तर पुनः मुख्यमन्त्री हुन सक्छिन

    हिमालीसंचार संवाददाता
    ३९१ पटक

    ऐजेन्सी – भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखियो। पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्।

    केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले निकै नै जोडबल लगाएको पश्चिम बंगालमा बेनर्जीको तृष्णमूलले सन् २०१६ सालको भन्दा बढी सिट जित्ने दिउँसोसम्म लगभग निश्चितजस्तै भइसकेको थियो तर बेनर्जीले जित्छन् कि हार्छन् भन्ने साँझसम्म स्पष्ट हुन सकेन।

    साँझ हुन लाग्दा भारतीय मिडियाहरूमा बेनर्जीले प्रतिष्पर्धी शुभेन्दु अधिकारीलाई १२ सय मतान्तरले हराएको समाचार आयो । अधिकारी केही समय अघिसम्म बेनर्जी सरकारमा मन्त्री थिए। गत डिसेम्बरमा मात्रै उनी तृष्णमूल छोडेर भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए।

    यो समाचार आएसँगै धेरै भारतीय नेताहरूले बेनर्जीलाई बधाई दिए। तर एकछिनपछि बेनर्जीले चुनाव हारेको र अधिकारी १६ सय मतले विजयी भएको खबर फैलियो।

    साँझ सवा ६ बजेतिर निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा अधिकारी बेनर्जीभन्दा झन्डै १० हजार बढी मतले अघि रहेको देखियो। साँझ ७:४५ बजे अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूले जितेको दाबी गरे। उनलाई केन्द्रीय मन्त्रीसहित विभिन्न नेताहरूले बधाई दिए। केहीबेरमा तृणमूल कंग्रेसले आधिकारिक ट्वीटर ह्यान्डलबाट मतगणना जारी रहेको बतायो।

    राती ८:५५ बजे निर्वाचन आयोगले पछिल्लो मत गणनाको जानकारी दियो। त्यसमा बेनर्जीले ८४ हजार ४ र अधिकारीले ८२ हजार ५ सय ५१ मत ल्याएको देखियो। राती सवा दश बजे आयोगको वेवसाइटमा बेनर्जी अधिकारीभन्दा ८ सय २० भोटले अगाडि रहेको देखिन्थ्यो।

    राती ११ बजेतिर निर्वाचन आयोगले अन्तिम परिणाम वेवसाइटमा राख्यो जसअनुसार अधिकारी १ लाख ९ हजार ६ सय ७३ मत ल्याएर विजयी भए भने १ लाख ७ हजार ९ सय ३७ मतमात्र पाइन्।

    बेनर्जीले मतगणनामा धाँधली भएको भन्दै अदालतको ढोका ढकढक्याउने बताएकी छन्। चुनाव हारेपनि बेनर्जीलाई तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुन अवरोध नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

    बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिने र छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने सम्भावना छ। पश्चिम बंगालमा पार्टीलाई दुई तिहाईभन्दा बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal