News Portal

  • विधानसभामा ममता बेनर्जीको हार, तर पुनः मुख्यमन्त्री हुन सक्छिन

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    ऐजेन्सी – भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखियो। पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्।

    केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले निकै नै जोडबल लगाएको पश्चिम बंगालमा बेनर्जीको तृष्णमूलले सन् २०१६ सालको भन्दा बढी सिट जित्ने दिउँसोसम्म लगभग निश्चितजस्तै भइसकेको थियो तर बेनर्जीले जित्छन् कि हार्छन् भन्ने साँझसम्म स्पष्ट हुन सकेन।

    साँझ हुन लाग्दा भारतीय मिडियाहरूमा बेनर्जीले प्रतिष्पर्धी शुभेन्दु अधिकारीलाई १२ सय मतान्तरले हराएको समाचार आयो । अधिकारी केही समय अघिसम्म बेनर्जी सरकारमा मन्त्री थिए। गत डिसेम्बरमा मात्रै उनी तृष्णमूल छोडेर भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए।

    यो समाचार आएसँगै धेरै भारतीय नेताहरूले बेनर्जीलाई बधाई दिए। तर एकछिनपछि बेनर्जीले चुनाव हारेको र अधिकारी १६ सय मतले विजयी भएको खबर फैलियो।

    साँझ सवा ६ बजेतिर निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा अधिकारी बेनर्जीभन्दा झन्डै १० हजार बढी मतले अघि रहेको देखियो। साँझ ७:४५ बजे अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूले जितेको दाबी गरे। उनलाई केन्द्रीय मन्त्रीसहित विभिन्न नेताहरूले बधाई दिए। केहीबेरमा तृणमूल कंग्रेसले आधिकारिक ट्वीटर ह्यान्डलबाट मतगणना जारी रहेको बतायो।

    राती ८:५५ बजे निर्वाचन आयोगले पछिल्लो मत गणनाको जानकारी दियो। त्यसमा बेनर्जीले ८४ हजार ४ र अधिकारीले ८२ हजार ५ सय ५१ मत ल्याएको देखियो। राती सवा दश बजे आयोगको वेवसाइटमा बेनर्जी अधिकारीभन्दा ८ सय २० भोटले अगाडि रहेको देखिन्थ्यो।

    राती ११ बजेतिर निर्वाचन आयोगले अन्तिम परिणाम वेवसाइटमा राख्यो जसअनुसार अधिकारी १ लाख ९ हजार ६ सय ७३ मत ल्याएर विजयी भए भने १ लाख ७ हजार ९ सय ३७ मतमात्र पाइन्।

    बेनर्जीले मतगणनामा धाँधली भएको भन्दै अदालतको ढोका ढकढक्याउने बताएकी छन्। चुनाव हारेपनि बेनर्जीलाई तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुन अवरोध नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

    बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिने र छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने सम्भावना छ। पश्चिम बंगालमा पार्टीलाई दुई तिहाईभन्दा बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन्।

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

    काठमाडौं। पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान...

    प्रदीप ज्ञवालीले गराएका बदनाम निर्णयमा सर्वाेच्च अदालतबाट ‘ब्रेक’

    काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हट्नुभन्दा केही दिन अघि प्रदीप ज्ञवाली मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर गराएको राजदूत...

    नर्वे सेनामा पहिलो पटक भर्ती भए ८ नेपाली युवाहरु

    एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका...

    प्रदेश १ को नामकरण: पहिचानको आधार की भूगोल-सभ्यता ?

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत जेठ ३० गते सरकारको नीति तथा कार्यक्रममा उठेका...

    अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धादिङ – अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग इन्स्टाग्राममा जोडीनुहोस।