News Portal

  • नेपालले सन् २०२६ सम्म मात्र एलडीसी सहयोग पाउने

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    काठमाडौँ -नेपाललाई अतिकम विकसित मुलुकहरु (एलडीसी) को श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको छ । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् ।

    समितिले सन् २०२६ पछि नेपाल एलडीसीको सूचीबाट स्तरो

    न्नतिका लागि सिफारिस गरेको हो । त्यसअघिको ५ वर्ष भने समितिले ‘नेपाललाई सन् २०२६ सम्मको एलडीसी श्रेणीबाट उक्लनका लागि आवश्यक तयारी’ गर्ने समय पनि दिएको छ । अब नेपालले सन् २०२६ सम्म मात्र एलडीसी मुलुकको रुपमा पाउँदै आएको सहयोग प्राप्त गर्ने छ ।

    न्युयोर्कस्थित अमेरिकाका लागि नेपालको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार उक्त समितिको फेब्रुअरी २२ देखि २६ सम्म त्रैवार्षिक समीक्षात्मक बैठक बसेको थियो । जसले नेपालले लगातार तीन पटक भएको श्रेणीगत उक्लने समीक्षामा आवश्यक सूचांकहरु पूरा गरेको जनाएको छ ।

    समितिले एलडीसीको सूचीबाट स्तरोन्नतिका लागि हरेक मुलुकका तीन सूचांकहरुलाई हेर्ने गर्छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी, मानव सम्पत्ति सूचांक र आर्थिक तथा पर्यावरणीय जोखिम सूचांकका आधारमा स्तरोन्नतिका लागि सिफारिस गरिन्छ ।समितिले नेपाललाई एलडीसीबाट उक्लनका लागि आवश्यक गृहकार्यको समयसहित सिफारिस गरेको हो ।

    नेपाल सन् २०१६ पछि मध्यआय भएको मुलुकमा पर्छ । राष्ट्र संघले अतिकम विकसित (कम आय), मध्यम आय र उच्च आय भएका मुलुक गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ । कोभिड–१९ को संक्रमणका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावका कारण नेपाल सरकारले थप तयारीका लागि गरेको अनुरोधलाई मध्यनजर गर्दै समितिले ३ वर्षमा द्द वर्ष थप गरेको हो ।

    राष्ट्रिय सभाको दिगो विकास समितिले पनि नेपाल सरकारलाई नेपालले अहिले नै दिगो विकास समितिमा उक्लन नहुने सुझावसहितको निर्देशन दिएको थियो । समितिले छलफलमा एलडीसीबाट नेपालको श्रेणी बढेमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संस्थाहरुबाट एलडीसीको नाममा पाउँदै आएको सहुलियत र अनुदान बन्द हुने पनि जनाएको थियो ।

    समितिका सांसदहरुले यसअघि सन् २०१५ को भूकम्प र अहिले कोरोना भाइरसको कारण मुलुकको अर्थतन्त्र कमजोर भएको र अहिलेको समयमा थप आर्थिक सहयोग र अनुदान आवश्यक पर्ने उल्लेख गर्दै एलडीसीबाट उक्लनका लागि हतार नगर्न सरकारलाई सुझाव दिएको थियो ।

    सरकारले सो सुझावलाई पनि आत्मसात गर्दै परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्र संघलाई तत्काल नेपाललाई एलडीसीको श्रेणीबाट बढुवा नगरिदिन आग्रह गरेको थियो । राष्ट्र संघको विकास नीति समितिले नेपालको अनुरोधलाई पनि मध्यनजर राखेर नेपाललाई थप ५ वर्ष समय दिएको हो ।

    नेपालले एलडीसीबाट बढुवा हुनका लागि पहिलो पटक आवश्यक सूचांकहरुको मापदण्ड सन् २०१५ पूरा गरिसकेको थियो । नेपालले समितिले सन् २०१८ मा गरेको अर्को समीक्षामा सन् २०१५ को भूकम्प र त्यसपछि मुलुकभित्र भएका विभिन्न विपद्हरुका कारण अर्थतन्त्रमा पर्न गएको असरको कारण देखाउँदै एलडीसीबाट स्तरोन्नति नगर्न आग्रह गरेको थियो । नेपाललाई एलडीसी मुलुकबाट माथि उक्लँदा फाइदा छ वा अहिलेकै स्थानमा बस्न ठीक छ भन्ने विषयमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र संसदीय समितिमा समेत छलफल भएपछि अहिलेलाई श्रेणी बढाउने सम्बन्धमा रोक्नको लागि सरकारले राष्ट्र संघलाई आग्रह गरेको हो ।

    राष्ट्र संघको उक्त समितिको सिफारिसलाई संघकै आर्थिक तथा समाजिक काउन्सिलले पनि अनुमोदन गर्नुपर्छ । जुन यही वर्षको नोभेम्बरमा हुने राष्ट्र संघको महासभामा जानकारी गराइन्छ ।

    पूर्वअर्थ सचिव शान्तराज सुवेदीले नेपालले एलडीसीबाट स्तरोन्नति हुनका लागि ५ वर्ष समय पाएको र यो अवधिमा आवश्यक गृहकार्य पूरा गर्नुपर्ने बताए । उनले एलडीसीबाट स्तरोन्नति भएपछि नेपालले पाउँदै आएका विभिन्न सुविधाहरु सहुलियत ऋण, अनुदानलगायत अन्य सेवा सुविधा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट नपाउने बताए ।

    उनले एलडीसीबाट माथि उक्लनका लागि प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी, मानव सम्पत्ति सूचांक र आर्थिक तथा वातावरण जोखिम सूचांक गरी तीनमध्ये दुई सूचांक पूरा भए पुग्ने नियम रहेको बताए ।

    नेपालले मानव सम्पत्ति सूचांक र आर्थिक तथा वातावरण जोखिम सूचांकमा थ्रेसहोल्ड यसअघि नै पार गरिसकेको छ । ‘तर सबैभन्दा मुख्य कुरा भनेको प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी सूचांक हो । यो सूचांकको आवश्यक थ्रेसहोल्ड पूरा नगरिकन नेपाल एलडीसीबाट माथि उक्लनुको खासै मतलब हुन्न,’ उनले भने,‘त्यसैले बाँकी ५ वर्षमा हामीले उक्त सूचांकमा पनि थ्रेसहोल्ड पुग्ने गरी गृहकार्य गर्नु आवश्यक छ । नत्र माथि पुगेर तल फर्किनुको मज्जा उचित हुन्न ।’

    सन् २०१९ को तथ्यांकअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी सूचांक एक हजार ९० डलर रहेको छ । एलडीसीबाट माथि उक्लनको लागि उक्त सूचांकमा करिब १२ सय ५० को हाराहारीमा पुग्न आवश्यक हुन्छ । ‘त्यसैले यसमा हामीले विशेष ध्यान दिएर काम गर्न आवश्यक हुन्छ,’ पूर्वअर्थ सचिव सुवेदीले भने ।

     

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal