News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, राजनीति, समाचार

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ। अधिवक्ता रमेश बहादुर रावलले उच्च अदालत र सर्वोच्च अदालतले लामिछानेलाई थुनामा राख्न आदेश दिइसकेको अवस्थामा पनि, गैरकानुनी रुपमा...बाँकी

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कोठामा वातानुकूलन यन्त्र (एसी) नरहेको र झ्याल प्लाईले पूर्ण रूपमा बन्द...बाँकी

    रवि लामिछाने कारागारको अनुगमन गर्न मानव अधिकार आयोग टोली भैरहवामा

    भैरहवा, साउन २६ — राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली पूर्वगृहमन्त्री रवि लामिछाने राखिएको भैरहवाको कारागारको अनुगमन गर्न पुगेको छ। आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधि रहेको टोलीले सहकारी ठगी मुद्दामा कारागारको ब्लक नम्बर ४...बाँकी

    अविरल वर्षापछि म्याग्दीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

    म्याग्दी, साउन २६ – अविरल वर्षाका कारण सोमबार बिहानदेखि म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिर क्षेत्रमा खसेको पहिरोले सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी...बाँकी

    निजामती अस्पतालमा आमा–शिशुको मृत्यु, परिवारको निष्पक्ष छानबिनको माग

    काठमाडौं, साउन २६ – दैलेखका स्वास्थ्यकर्मी दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको जन्मको प्रतीक्षामा थिए। सुरक्षित प्रसूतिको लागि उनीहरूले काठमाडौंको प्रतिष्ठित निजामती (सिभिल) अस्पताल रोजे। लक्ष्मीले गर्भावस्थाभर नियमित परीक्षण गराइरहेकी थिइन्। असार...बाँकी

    साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

    काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको...बाँकी

    भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

    कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ। खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त...बाँकी

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै...बाँकी

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग पूर्णरूपमा ठप्प भएका छन्। नेपाल प्रहरीले आइतबार दिउँसो साढे ३ बजे सार्वजनिक गरेको विवरणअनुसार, थप सात स्थानका सडक एकतर्फी मात्र...बाँकी