News Portal

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

१५९ पटक

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध रूपमा उत्खनन हुँदा खेतीयोग्य जमिन जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ।

पहिले स्थानीय तहका जनप्रतिनिधिहरूले प्रक्रिया पूरा गरी खोला ठेक्का लगाउँदै आएका थिए। तर हाल नगर प्रमुख, कार्यकारी अधिकृत, वडा अध्यक्ष तथा नगर प्रहरी प्रमुखको निर्देशनमा कानुन विपरीत ठेक्का नलगाई नगर र वडाको सिफारिसका आधारमा ठेकेदारलाई मनपरी ढंगले उत्खनन गर्न दिइएको स्थानीय रमेश बस्नेतले बताए।

खोला ठेक्का लगाउँदा नगरबाट एकपटकमा २५ ट्र्याक्टरसम्म बालुवा लैजान अनुमति दिइने भए पनि ठेकेदारहरूले ५० देखि १०० ट्र्याक्टरसम्म बालुवा लैजाने गरेका छन्। यसबाट राजस्व पनि कम उठ्ने गरेको स्थानीयहरूको भनाइ छ।

गत माघ महिनामा उत्खनन रोक्न स्थानीयहरूले सामूहिक रूपमा नगरपालिका समक्ष ज्ञापनपत्र बुझाए पनि आश्वासन मात्रै पाइएको र कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।

खोलामा जेसीबी प्रयोग गरी किनारमा रहेका साना सिसौका रुखहरू काट्दै मनपरी उत्खनन भइरहेको स्थानीय सञ्जय क्रान्तिकारीले बताए। जेसिवी प्रयोग नगर्ने भनिए पनि अन्य बाटो प्रयोग गरी पुनः उत्खनन भइरहेको उनको भनाइ छ।

उक्त क्षेत्रमा तोकिएको स्थानबाहेक अन्य स्थानमा पनि उत्खनन भइरहेको छ। स्थानीयहरू सोझा भएर नबोल्ने भएकाले ठेकेदारहरूको मनोबल बढेको र उत्खनन बढिरहेको बताइएको छ।

वडाबाट सिफारिस दिँदा ट्र्याक्टर नम्बर उल्लेख गरिए पनि नम्बर नभएका ट्र्याक्टरले समेत अवैध रूपमा बालुवा उत्खनन गरिरहेको स्थानीयहरूको आरोप छ।

नगरपालिका कार्यकारी अधिकृत डम्बरु बल्वल बरालले हाल कुनै पनि खोला ठेक्का नलगाइएको स्वीकार गर्दै आवश्यकताअनुसार वडाको सिफारिसमा बालुवा उत्खनन भइरहेको बताए। मापदण्ड विपरीत काम भएको पाइए अनुगमन गरी कडा कारबाही गरिने उनले बताए।

स्थानीय टंक चौलागाईंका अनुसार वडा अध्यक्षले तटबन्ध काट्न जेसीबी प्रयोग गरी खोलामा ट्र्याक्टर तथा टिप्पर सहज आवतजावतका लागि बाटो बनाइदिएको आरोप छ।

वडा अध्यक्ष सोम कार्कीले विगतमा पनि तटबन्ध काटेर बालुवा उत्खनन गर्ने र जेठ महिनामा उक्त स्थान बन्द गर्ने प्रचलन रहेको बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...