News Portal

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

१९१ पटक

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी संकलन गर्न सरकारले देशभरका निजी अस्पतालको सर्वेक्षण गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय ले यो सर्वेक्षणको तयारी अघि बढाएको हो।

कार्यालयका निर्देशक तीर्थराज बरालका अनुसार सर्वेक्षणका लागि आवश्यक जनशक्ति छनोट गर्ने काम भइरहेको छ। छनोट भएका कर्मचारीलाई तालिम दिएपछि आगामी वैशाख महिनादेखि असार मसान्तसम्म देशभर खटाइनेछ। उनीहरूले अस्पतालको आर्थिक अवस्था, प्रदान गरिएका सेवा तथा रोजगारीको अवस्था लगायत विषयमा तथ्याङ्क संकलन गर्नेछन्।

निजी स्वास्थ्य संस्थाको सर्वेक्षण प्रत्येक दस वर्षमा गरिनुपर्ने व्यवस्था भए पनि केही ढिलाइ भएको बताइएको छ। यसअघि सन् २०१३ मा गरिएको सर्वेक्षणमा करिब एक सय अस्पताल समेटिएका थिए। त्यतिबेला निजी स्वास्थ्य क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान एक प्रतिशतभन्दा कम रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

यसपटक भने सर्वेक्षणको दायरा निकै विस्तार गरिएको छ। देशभर सञ्चालनमा रहेका दुई हजार पाँच सय ५१ निजी अस्पताललाई समेटेर विस्तृत अध्ययन गरिने कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...