News Portal

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

१४४ पटक

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ। संघीय सरकारले तोकेको वैशाख २१ गतेको मितिलाई अव्यवहारिक ठहर गर्दै स्थानीय तहले समयअगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

जिल्ला समन्वय समितिको समन्वयमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट जारी परिपत्रका कारण पठन घण्टा नपुग्ने र शैक्षिक सत्र असन्तुलित हुने निष्कर्ष निकालेपछि वैशाख ७ गतेदेखि नै भर्ना र कक्षा सञ्चालन सँगै अघि बढाउने निर्णय गरेको हो।

स्थानीय जनप्रतिनिधिहरुले नयाँ शिक्षा ऐन शीघ्र ल्याउनुपर्ने र विकास आयोजनाका लागि रोकिएको बजेट तत्काल फुकुवा गर्नुपर्ने माग समेत गरेका छन्। अभिभावकहरुको अपेक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालनको तयारी पूरा गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...