News Portal

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

१९० पटक

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पलाई पछि ७.५ म्याग्निच्युडमा संशोधन गरिएको हो। भूकम्पको केन्द्र सान्रिकु तट नजिकै करिब १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

भूकम्प लगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तुरुन्त सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। प्रारम्भिक अनुमान अनुसार ३० मिनेटभित्रै ३ मिटरसम्म अग्ला सुनामीका छालहरू आउन सक्ने सम्भावना रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही तटीय क्षेत्रमा सुनामीका छाल देखिन थालेका छन्। विशेषगरी होक्काइडो, आओमोरी र इवाते क्षेत्र उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।

भूकम्पका कारण सार्वजनिक यातायातमा समेत प्रभाव परेको छ। टोकियो र आओमोरीबीच सञ्चालन हुने बुलेट ट्रेन सेवा हालका लागि स्थगित गरिएको छ। प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन भइरहेको छ भने अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...