News Portal

गृहपृष्ठ आर्थिक

दैनिक ८ सय यात्रु नेपाल भित्र्याउने सरकारी तयारी

मिनराज भण्डारी/काठमाडौँ – गत चैतको दोस्रो सातादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ। नियमित उडान बन्द भएको ५ महिनापछि सञ्चालनमा आएको उडान विश्वका १६ गन्तव्यबाट हुनेछ। पाँच महिनायता विभिन्न समयमा उडान तालिका...बाँकी

सहकारीमा बेथिति सञ्चालक मालामाल सदस्यको बेहाल

बनेपा – विनायक बचत तथा ऋण सहकारी संस्थामा राखेको आफ्नै पैसा निकाल्न पनि नमोबुद्ध–१० दाप्चा बस्ने लेखप्रसाद घोरसाइनेले निकै तनाव झल्नुपर्यो । उनी प्रहरीदेखि सञ्चारमाध्यमका ढोकासम्म पुगे । सहकारीका सञ्चालकले दिन्छु–दिन्छु भन्दै भाका सार्दै गइरहेका...बाँकी

कोरोनामा १३ अर्ब ३७ करोड खर्च, धेरै खर्च रक्षा मन्त्रालयमा

काठमाडौं – सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ। औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम...बाँकी

पुरानै सडक नापेर बिल भुक्तानी

२०७७ साउन ३०, शुक्रबार सुर्खेत – कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर भुक्तानी दिएको पाईएको छ। शिर्षकगत बजेट र स्टिमेट अनुसारको काम नगरी कागजी प्रक्रिया मिलाएर भुक्तानी...बाँकी

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

२०७७ साउन २८, बुधबार रुद्र खड्का/काठमाडौँ – रोजगारीको क्रममा विदेशमा अलपत्र परेकालाई उद्धार गर्न ७५ करोड रूपैयाँ छुट्ट्याइएको छ। सर्वोेच्च अदालतले असार १ मा विदेशमा बेखर्ची नेपालीको निःशुल्क उद्धार गर्न आदेश दिएपछि वैदेशिक रोजगार बोर्डको...बाँकी

वडाध्यक्ष र वन कार्यालयको मिलेमत्तोमा कामै नभएको सडकको भुक्तानी

२०७७ साउन १८, आइतबार वीरेन्द्रनगर – कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो आर्थिक वर्ष चिंगाड गाउँपालिकाका दुई वटा सडक योजनाका लागि १ करोड ८ लाख ६१ हजार ७ सय ९१ रुपैयाँ छुट्यायो।...बाँकी

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ – नेपाल अयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।   निगमका अनुसार...बाँकी

ग्राहकको निकै विश्वास जित्न सफल बजाज मोटरसाइकल

२०७७ साउन १७, शनिबार काठमाडौँ – पछिल्लो समय यातायाातको क्षेत्रमा सरल, छिटो, विश्वासिलो र भरपर्दाे माध्यम मोटरसाइकललाई लिइन्छ। बजारमा विभिन्न कम्पनीका मोटरसाइकल आएका छन्। जस मध्ये निकै भरपर्दाे र विश्वास जित्न सफल बनेको छ बजाज।...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड

२०७७ साउन ११, आइतबार काठमाडौँ – पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको...बाँकी

२१ लाख कमिशनमा सेनेटरी प्याड खरिद

२०७७ साउन ९, शुक्रबार दैलेख – विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ। कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको...बाँकी