News Portal

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

२१० पटक

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारको काममा आवश्यक सुझावसहित रचनात्मक खबरदारी गर्ने बताएका छन्।

प्रधानमन्त्री पदको शपथपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले बालेनको सफल कार्यकालको कामना गरेका हुन्। उनले वर्तमान सरकार जनताको अपेक्षा बोकेको सरकार भएको उल्लेख गर्दै सुशासन स्थापना गर्नु यसको प्रमुख दायित्व भएको बताएका छन्।

घिसिङका अनुसार भ्रष्टाचारविरुद्ध कडा नीति, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्रको विकास तथा प्रविधि र नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता छ। साथै, पूर्वाधार विकासलाई गति दिँदै शासन प्रणालीलाई नागरिकमैत्री बनाउनु पर्नेमा उनले जोड दिएका छन्।

उनले देशमा सामाजिक न्याय र समृद्धि कायम गर्ने दिशामा सरकार सफल हुने विश्वास व्यक्त गर्दै उज्यालो नेपाल पार्टीले सकारात्मक सहयोग, सुझाव र जिम्मेवार खबरदारी गर्ने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...