News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हवाई भाडा छुट दिन सञ्चालकहरुद्वारा अस्वीकार

    हिमाली संचार संवाददाता
    ६७३ पटक

    काठमाडौं, ११ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरे। एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै उनले उक्त घोषणा गरेका थिए।

    मन्त्री भट्टराईले यसका लागि वायुसेवा सञ्चालकहरूसँग छलफल गरी निष्कर्ष निकाल्ने पनि बताएका थिए तर उनको घोषणामै प्रतिक्रिया आइसकेको छ। अर्थात् वायुसेवा सञ्चालकहरुले यसलाई अस्वीकार गरिदिएका छन्।

    अहिलेकै अवस्थामा नागरिकलाई कुनै पनि निश्चित छुट दिन सकिने अवस्था नभएको उनीहरूले बताएका छन्। एयरलाइन्सहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ।

    संघले मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैन’ संघले पठाएको पत्रमा भनिएको छ।

    संघले एयरलाइन्सहरू आफैंले छुट दिन नसक्ने तर राज्यले छुट दिने नीति लिएमा त्यसको कार्यान्वयन गर्न भने तयार रहेको बताएको छ। यात्रु सेवा शुल्क, ईन्धन शुल्क, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट निःशुल्क छुट दिन वा यात्रा गराउन सक्नेतर्फ विकल्प पनि संघले सुझाएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...