News Portal

विद्युतीय बस सेवा काठमाडौंमा सुरु, भाडामा २० प्रतिशत छुट !

हिमाली संचार संवाददाता
८७८ पटक

काठमाडौं, २३ भदौ २०७६ : राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ। यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ।

यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ। यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ।

‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरे। सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो।

केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन्। कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ।

साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो।

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो तर, सञ्चालन सुरुआत नहुँदै मापदण्ड अनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो।

सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन्। बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ। कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ।

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए। कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ।

अगाडिबाट यी बसहरु अहिले शहरमा चलिरहेका बसभन्दा भिन्न देखिन्छन्। यी बस नेपाली सडक मैत्री छन्। विदेशमा चलिरहेका विद्युतीय बसको बनावट नेपाललाई उपयुक्त नहुने देखिएपछि सुन्दरले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराएर बसको डिजाइन गराएको थियो।

खाल्डाखुल्डीका कारण गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो। सुन्दरले भित्राइसकेका र भित्राउन लागिएका थप बस ४० सिट क्षमतासम्मका छन्।

यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ। कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ।

रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ। कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ। यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ। स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ। मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ।

आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने कम्पनीको भनाइ छ। यो बसमा पछाडिका सिटहरु यात्रुको आकर्षणको कन्द्रमा हुनेछन्। किनभने पछाडिको सिटमा बस्दा फिल्म हलभित्र बाल्कोनीमा बसेजस्तै अनुभव हुन्छ।

यो बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण पनि छन्।

जुन अहिलेसम्म नेपालको सार्वजनिक यातायातमा प्रयोग भएको पाइँदैन। एयर कन्डिसनर सेवा सहितका यी विद्युतीय बस वातावरणमैत्री छन्। यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी पनि निकाल्दैनन्।

विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुन्छ। हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ।

प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने कम्पनीको भनाइ छ। खरिद मूल्य भने डिजेल गाडीको भन्दा करिब ४ गुणा महंगो हुन्छ तर, पनि कम्पनीले सरकारले अनुमति दिए अरुको भन्दा कम भाडामा नै यात्रुलाई सेवा दिने बताएको छ। यात्रा कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ। कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...