News Portal

दशैं सकिएसँगै बैंकमा तरलता अभाव

हिमाली संचार संवाददाता
५८५ पटक
कार्तिक ५, २०७६ काठमाडौं : दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ। विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो। विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो।
तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो। दशैंअघि अधिक तरलता रहेको अवस्थामा बैंकहरु निक्षेप नहेरी कर्जा विस्तारमा हौसिए। फलस्वरूप, दशैंलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)ले समेत गर्छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था गरेको छ तर, लगानीयोग्य रकमको अभाव हुँदा केही बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीसीडी रेसियो औसतमा ७६ प्रतिशत रहेको जानकारी दिए। उनले भने – ‘तरलता अहिले ५३ अर्ब छ, सीसीडी रेसियो कुन–कुन बैंकको ८० प्रतिशत नाघ्यो भनेर हेर्नै पर्ने हुन्छ।
निक्षेप–कर्जाको पछिल्लो अवस्था
असोजको अन्तिम साता (२४ गतेसम्म) वाणिज्य बैंकहरूमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने २६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। पछिल्लो तथ्यांक हेर्ने हो भने निक्षेप र कर्जा दुवै घटेको देखिन्छ।
असोज १७ गतेसम्म वाणिज्य बैंकहरूले २६ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकर्स एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए। शर्माका अनुसार, एक सातामै ५ खर्ब रुपैयाँले कर्जा लगानी घटेको छ। असोज १७ सम्म २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज २४ सम्म आइपुग्दा २६ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ। यसको कारण भनेको निक्षेप नै हो। बैंकहरुमा निक्षेप घट्दो छ।
कार्यकारी निर्देशक शर्माले दिएको जानकारीअनुसार वाणिज्य बैंकहरुले असोज १० सम्म २९ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। असोज २४ सम्म आइपुग्दा त्यो घटेर २९ खर्ब २४ अर्ब रुपैयाँमा झरेको थियो। असोज १७ मा भने निक्षेप २९ खर्ब २० अर्बमा झरेको थियो, त्यसको एक सातामा केही सुधार भएको हो।
दशैं सकिएसँगै केही रकम बैंकिङ प्रणालीमा आएका कारण निक्षेपमा थोरै सुधार हुने संकेत देखिए पनि तिहारले गर्दा समस्या सिर्जना हुने देखिएको छ। तिहारमा पनि ठूलै आर्थिक कारोबारहरू हुने भएकाले यसलगत्तै तरलतामा थप चाप पर्ने पक्कापक्की छ।
प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...