News Portal

  • लक्ष्मी बैंकको शाखा रंगेलीमा पनि स्थापना

    हिमाली संचार संवाददाता
    ४७० पटक

    रबिन्द्र बराल
    मोरंग १३ अशोज : मोरंगको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा लक्ष्मी बैंकको शाखा कार्यलय संचालनमा आएको छ। बैकले एक कार्यक्रमको आयोजना गरी शाखा कार्यलयाको उद्घाटन गरेको छ।

    रंगेलीका मेयर दिलिप वगडीयाले पानसमा दिप प्रज्वलन तथा नरिवल फुटाएर शाखाको उद्घाटन गरेका थिए। शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्र्याउने लक्ष्य राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठेले बताए।

    रंगेली शाखाको विस्तार सहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११४ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ। शाखाको विस्तार सँगै बैंकले रंगेलीका ग्राहकहरुलाई बेकिङ्ग सेवा सहित इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन बैंकिङ्ग सेवा र एटिएम सेवा प्रादन थालेको छ।

    सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको प्रवाह गर्ने योजना राखेको छ। सो उद्घाटनको अवसरमा १ नं. प्रदेश क्षेत्रिय प्रमुख शम्भु राठी, चिफ रिटेल फाईनान्सीयल सर्भिस प्रमुख दिपेश अमात्य लगायतको सहभागीता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...