News Portal

  • साना, मझौला तथा घरेलु उद्योग फस्टाउँदै

    हिमाली संचार संवाददाता
    ७३२ पटक

    काठमाडौं, २० भदौ : थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुने क्रममा छन्। साना उद्योगमा निर्माण हुने सुति तथा ढाकाको तयारी पोषाकमा आकर्षण बढेको छ।

    त्यस्तै अचार, पोते, गहुँको छ्वाली, परालबाट बन्ने सामाग्री लगायतको माग बजारमा बढ्दै गएको साना उद्योगीहरु बताउँछन्।

    साना, मझौला तथा घरेलु उद्योगीहरुले गुणस्तरीय र उपभोक्ताको रुची तथा समय अनुसारको डिजाइनमा तयारी कपडा उत्पादन गर्न थालेपनि नेपाली सुति तथा ढाकाको उत्पादनको माग भने बजारमा बढ्दै गएको छ।

    २/४ बर्ष अधि सुति र ढाकाको कपडाबाट बनेका तयारी पोशाक विक्री गर्न समस्या हुने गरेकोमा पछिल्लोे समय कुनै समस्या नरहेको व्यवसायीहरु बताउँछन्।

    त्यसैले पछिल्लो समय बढ्दै गएको नेपाली उत्पादनका वस्तुहरुको मागले साना, मझौला तथा घरेलु उद्योगीहरुको व्यवसायमा थप उर्जा मिलेको उद्योगीहरु बताउँछन्। पछिल्लो समय सुतिको कपडा प्रति पनि उपभोक्ताको चाहाना बढ्दै गएको उद्योगी व्यवसायीहरु बताउँछन्।

    साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल एसएमबी व्यापार मेला’मा उल्लेख्य संख्यामा सुतिका कपडाका स्टलहरु देख्न सकिन्छ।

    जाडो र गर्मी दुवै मौसममा लगाउन मिल्ने भएकाले पनि सुतीको कपडा प्रति आकर्षण बढेको उद्योगी व्यवसायीहरुको बुझाइ छ। सुति तथा ढाकाको कपडा बाहेक घरेलु उद्योगबाट निर्माण हुने अचार, ड्राइफुड लगायतको माग पनि बजारमा बढ्दै गएको उद्योगीहरु बताउँछन्।

    अझ कतिपय वस्तुको माग विदेशमा समेत हुने गरेको छ। सानो लगानीमा सुरु गर्न सकिने घरेलु उद्योग जस्तै अचार बनाउने, पोते बनाउने, गहुँको छ्वाली, पराल आदीबाट बनाईने सामाग्रीको साथै ढाका र सुितका मझौला उद्योगका उत्पादनको प्रयोग बढ्दै गएको हो।

    जसले गर्दा साना उद्योगीहरुको व्यवसाय मात्र बढेको छैन आम नागरिकलाई साना, मझौला तथा घरेलु उद्योग मार्फत स्वरोजगार बन्न प्रेरित गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...