News Portal

पासवान परिवारलाई राहत सहयोग

२८ पटक

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा पासवानको दयनीय अवस्थाबारे एक साता अघि सार्वजनिक गरिएको समाचारपछि पीडित परिवारलाई राहत सामग्री प्राप्त भएको छ।

विगत ३० वर्षदेखि १० धुर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ वर्षीय फुलुवा पासवान सात वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमा सीमित छन्। आर्थिक अभावका कारण उपचार नपाएर जीवन–मरणको दोसाँधमा रहेका उनको अवस्थाबारे समाचार प्रकाशन भएपछि सहयोग जुट्न थालेको हो।

रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले मानवीय भावना देखाउँदै उक्त परिवारलाई चामल, दाल, तेल, झुल लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, कामदेव मण्डल तथा स्थानीय युवाहरूको उपस्थितिमा राहत वितरण गरिएको हो। संस्थाले विगतदेखि नै अति विपन्न परिवारलाई सहयोग गर्दै आएको जनाएको छ।

संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरका अनुसार एभिन्युज टेलिभिजनमार्फत परिवारको दयनीय अवस्था थाहा पाएपछि राहत उपलब्ध गराइएको हो। उनले आगामी दिनमा पनि यस्ता विपन्न परिवारलाई सहयोग जारी राख्ने बताए।

फुलुवा पासवानकी श्रीमती जशियादेवी पासवान पनि लामो समयदेखि घुँडाको समस्याबाट पीडित छन्। आर्थिक अभावका कारण उनको उपचारसमेत हुन सकेको छैन। परिवारमा दुई छाक खानासमेत जुटाउन कठिनाइ भइरहेको छ।

यस्तै, परिवारका कान्छा छोरा धर्मेन्द्र पासवान पनि विगत चार वर्षदेखि बिरामी छन्। विभिन्न अस्पताल—कोशी अस्पताल, विराट टिचिङ अस्पताल, नोबेल अस्पताल तथा घोप क्याम्प—मा उपचार गराउँदा पनि सुधार नभएपछि चिकित्सकहरूले उनको घाँटीमा नसाको समस्या देखिएको र शल्यक्रिया आवश्यक रहेको बताएका छन्। चिकित्सकहरूले थप उपचारका लागि काठमाडौंस्थित न्यूरो सेन्टर तथा वीर अस्पतालमा लैजान सुझाव दिएका छन्। समयमै उपचार नभए हात सुन्ने र सुक्दै जाने जोखिम रहेको चिकित्सकहरूले चेतावनी दिएका छन्।

पीडित परिवारका अनुसार हालसम्म स्थानीय वडा कार्यालय तथा नगरपालिकाबाट कुनै ठोस सहयोग प्राप्त भएको छैन। वडा अध्यक्ष कमल मोक्तानले सहयोगका लागि सिफारिसपत्र दिए पनि व्यवहारिक रूपमा कुनै पहल नभएको परिवारको गुनासो छ।

समाचार प्रकाशनपछि सहयोगको सुरुवात भए पनि पासवान परिवारको दीर्घकालीन उपचार र जीवनयापनका लागि थप सहयोग आवश्यक रहेको देखिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...