News Portal

  • गृहपृष्ठ मुख्य खबर

    धरानमा शान्तिपूर्ण मतदान सम्पन्न, सर्वदलिय बैठकपछि मतगणना हुने

    धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहका निर्वाचन सौहार्दपूर्ण ढंगबाट शान्तिपूर्ण तरबले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। धरानका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण उत्साहित रुपमा मतदाताहरुको सहभागिता रहेको थियो। धरान वडा नं.६ पानबारीमा मतदान स्थलमा...बाँकी

    सिम्तामा मतदान अधिकृतसहित कर्मचारी घेराबन्दीमा

    सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो। मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै...बाँकी

    रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

    रौतहट – रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता...बाँकी

    धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकामा मतदान स्थगित

    धनकुमार राई/सहिदभूमि – धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकाको  वडा नम्बर ६ का तीन वटा मतदान केन्द्रको मतदान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। ठाकुरदेवी माध्यमिक विद्यालयमा रहेका तीन वटा मतदान केन्दमा विवाद भएपछि मतदान...बाँकी

    यूएईका राष्ट्रपति शेख खालिफाको निधन

    एजेन्सी – संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा...बाँकी

    प्रचण्डद्वारा चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान गरेका छन्। उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरमा पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।...बाँकी

    आज निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

    काठमाडौं – स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त नेशकुमार थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन...बाँकी

    हुम्लामा डाक्टरसमेत निर्वाचनमा खट्दा, अस्पतालको सेवा प्रभावित

    सिमकोट – स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत खटिँदा हुम्ला जिल्लाका जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्लामा एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी स्थानीय तहका निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् । जिल्ला अस्पतालका...बाँकी

    तुलसीपुरको अरनिको मैदान जलमग्न भएपछि अन्यत्र सारियो मतदान केन्द्र

    काठमाडौं – दाङ तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे भएपछि मतदान केन्द्र सारिएको छ। तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश...बाँकी

    सुनसरी जिल्लाका विभिन्न पालिकामा निषेधाज्ञा जारी

    धरान – सुनसरी जिल्लामा जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न स्थानीय तहमा घरबाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन...बाँकी