News Portal

प्रगतिशील नेपाली समाज कुवेत गठन, अध्यक्षमा बिजय आउजी र उपाध्यक्षमा गगन बिष्ट

हिमालीसंचार संवाददाता
६६२ पटक

कुवेत सिटी। बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज कुवेतको २०२१ डिसेम्बर ३ तारिखका दिन प्रमुख अथिती पार्टी संयोजक विश्व भक्त दुलाल(आहुती) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख राजेश नेपालीको समुपस्थितिमा घोषणा भएको छ।

उक्त घोषणा कार्यकमको सन्चालन प्रगतिशील नेपाली समाजका महासचिव कुशल थापा मगरले गरेका थिए भने, संगठनका उपाध्यक्ष गगनसिंह बिष्टले स्वागत मन्तव्य राखेका थिए।

प्रगतिशील नेपाली समाजको घोषणा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख राजेश नेपालीले गरेका थिए भने, कार्यक्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महत्व पुर्ण बिचार, कार्य योजना र बैज्ञानिक समाजवाद विस्तारका लागि संघर्षको बारेमा विशेष मन्तव्य पार्टी संयोजक आहुतीले गरेका थिए।

कार्यसमिति:-
अध्यक्ष:- बिजय आउजी
उपाध्यक्ष :- गगनसिंह बिष्ट
महासचिव :- कुशल थापा मगर
कोषाध्यक्ष :- शिव राना मगर

सदस्यहरु:-
निराजन मगराती
पवन गजमेर
महेश कुमार
कालू सिंह नागरी
हिमाल नेपाली
चक्र दमाई
गणेश ताम्राकार
शिवराज बि.एल.

उक्त घोषणा कार्यक्रममा गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितीका सदस्य माधब पौडेल, पत्रकार महासंघ युएई शाखाका उपाध्यक्ष मेघराज सापकोटा, विश्वकर्मा एकता समाजका सदस्य, दलित एकता संजालका सदस्य तथा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष दिल सेर्पालीलगायत प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दास र उपाध्यक्ष कृष्ण विश्वकर्मा, प्रगतिशील नेपाली समाज साउदी अरेबियाका संयोजक भिम नेपाली, प्रगतिशील नेपाली समाज मलेसियाका अध्यक्ष सुनिल परियार, प्रगतिशील नेपाली समाज भारत केन्द्रिय समितीका उपाध्यक्ष दिलिपसिंह नागरी र दिपेन्द्र बिबस बिष्टलगायत प्रगतिशील नेपाली समाज दक्षिण कोरियाका प्रतिनिधिहरुको शुभकामना मन्तव्य रहेको थियो।

उक्त प्रगतिशील नेपाली समाज कुवेतको घोषणा कार्यक्रमको समापन संगठनका अध्यक्ष बिजय आउजीले गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...