News Portal

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

३७२ पटक

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत स्थापना कालदेखि नै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको छ। कुवेतमा कार्यरत नेपाली समुदायका दुःखी, पीडित तथा समस्यामा परेका व्यक्तिहरूको सहारा बन्दै आएको संस्थाले आवश्यक परेमा सक्दो सहयोग गर्दै आएको छ।

युवाशक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीका अनुसार हाल निलकमल म्यानपावरमार्फत नेपालबाट कुवेत आएका केही नेपाली कामदारहरू विगत दुई महिनादेखि तलब नपाएको र खानाका लागि समेत आर्थिक अभाव भएको जानकारी प्राप्त भएपछि युवाशक्ति कुवेतको टिमले तत्काल सहयोग बताए।

पीडित कामदारहरूले सिमोन भट्टराई समक्ष समस्या राखेपछि नेपाली दूतावास कुबेतमा सम्पर्क गरेका थिए।

नेपाली दूतावास कुवेतका श्रम सहचारीसमक्ष समेत विषयवस्तु अवगत गराएका थिए।कामदारहरूलाई तत्काल खाद्यान्नको गम्भीर समस्या रहेको जानकारी पाएपछि युवाशक्ति कुवेतको टिमले तुरुन्तै पहल गर्दै आवश्यक खाद्यान्न सामग्री खरिद गरी पीडित कामदारहरूलाई वितरण गरेको थियो। खाद्यान्न सहयोग प्राप्त गरेपछि पीडित कामदारहरूको अनुहारमा केही राहत र खुसी देखिएको थियो।

यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै दुःखी, पीडित र समस्यामा परेका नेपालीहरूको साथमा युवाशक्ति कुवेत सधैं अगाडि बढिरहने अध्यक्ष विशाल डल्लाकोटीले प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, निलकमल म्यानपावरमार्फत कुवेत आएका नेपाली कामदारहरूले दुःख पाएको यो पहिलो घटना भने होइन। सिमोन भट्टराईअनुसार आजभन्दा ३–४ वर्षअघिदेखि नै निलकमल म्यानपावरसँग सम्बन्धित समस्या कुवेतमा दोहोरिँदै आएको छ भनेर भने।

पीडितहरूसँग गरिएको प्रत्यक्ष भेटघाट तथा कुराकानीका क्रममा नेपालबाट कामदार पठाउँदा प्रतिव्यक्ति १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म रकम लिने गरिएको जानकारी प्राप्त भएको छ। यति ठूलो रकम लिएर कुवेत पठाए पनि यहाँ आएपछि समस्या उत्पन्न हुँदा म्यानपावर कम्पनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको पीडित कामदारहरूको गम्भीर आरोप रहेको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...