News Portal

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

४६६ पटक

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ। पार्टीले विभिन्न समयमा दिएको जिम्मेवारी, भूमिका तथा पदिय मर्यादाको आधारमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।

यसै क्रममा धादिङ जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने इच्छा व्यक्त गरेका युवा नेता चन्द्रबहादुर थापाको नाम पनि सिफारिस गरिएको छ। मतदातामाझ सालिन, सरल र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित थापा वडा तहदेखि जिल्ला तथा केन्द्रस्तरसम्मका नेताहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै आएका छन्।

थापा नेपाली कांग्रेस धादिङका निर्वाचित जिल्ला सदस्य हुनुका साथै जिल्ला अनुशासन समितिका सदस्यसमेत हुन्। गंगाजमुना गाउँपालिकाको किसान परिवारमा जन्मिएका उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिको उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्। जनआन्दोलनका घाइतेसमेत रहेका थापाले विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल तातिरहेको सन्दर्भमा थापाले अवसर पाए जनताको सेवक भएर काम गर्ने आफ्नो चाहना सार्वजनिक गरेका हुन्।

हिमाली सञ्चारसँगको कुराकानीमा थापाले भने मसँगै जिल्लाका अन्य नेताहरू पनि सिफारिसमा पर्नु भएको छ। पार्टीले अवसर दिएको खण्डमा असल राजनीतिक संस्कारभित्र रहेर आदरणीय मतदातामाझ जान्छु, अन्यथा इमान्दारीपूर्वक टिकट पाउने साथीलाई सहयोग गर्नेछु। पार्टीले गर्ने निर्णय नै मेरो र हाम्रो साझा निर्णय हुनेछ।”

यदि पार्टीबाट टिकट प्राप्त गरी धादिङका आदरणीय मतदाताबाट निर्वाचित हुन सकेमा, आफ्नो कार्यकालभर वर्तमान युवाहरूको चाहना र भावनाअनुसार साधारण जीवनशैली अपनाउँदै जनताको सेवक भएर काम गर्ने र समृद्ध धादिङ निर्माणमा आफूलाई समर्पित गर्ने थापाको प्रतिबद्धता छ।

अन्त्यमा, चन्द्रबहादुर थापाले आफ्नो राजनीतिक तथा सामाजिक अभियान सफल बनाउन आदरणीय मतदाता, पार्टी नेतृत्व तथा सम्पूर्ण सरोकारवाला पक्षसँग सहयोगका लागि विनम्र अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...