News Portal

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

४३५ पटक

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री ज्ञानेन्द्र कार्की, वडा अध्यक्ष आदरणीय व्यक्तित्व श्री कुमार बहादुर अधिकारी, तथा विद्यालयका सम्पूर्ण शिक्षकवर्गको विशेष उपस्थितिमा विद्यार्थीहरूलाई न्यानो वस्त्र प्रदान गरिएको हो।

उक्त ट्र्याकसुट वितरणका लागि आवश्यक सम्पूर्ण आर्थिक दायित्व वहन गर्दै सहयोग पुर्‍याउनु हुने एक सफल व्यवसायी, कुशल व्यक्तित्व तथा समाजसेवी श्री बासु अधिकारी, बुहारी ईन्दिरा भट्ट अधिकारी, तथा छोरा द्वय ओबिल अधिकारीअनमोल अधिकारीप्रति विद्यालय परिवार तथा स्थानीय समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उहाँहरूको सहयोगले विद्यार्थी भाइबहिनीहरूलाई न्यानो वस्त्र उपलब्ध गराउन सकिएको विद्यालयले जनाएको छ।

त्यसैगरी, यस पवित्र तथा सामाजिक कार्यमा उपस्थित भई वितरण कार्य सम्पन्न गरिदिनु भएका  श्री कुमार नर्सिङ अधिकारीप्रति समेत हार्दिक  धन्यवाद  व्यक्त गरिएको थियोे।

कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै समाजमा शिक्षा र सहयोगको सकारात्मक सन्देश फैलाएको सहभागीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...