News Portal

  • गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    ९१ पटक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको एक यात्रुवाहक बसलाई वडा कार्यालयले अस्थायी रूपमा सञ्चालनमा रोक लगाएको छ।

    वडाध्यक्ष राजकुमार गुरुङद्वारा जारी विज्ञप्तिअनुसार, ग्रामिण यातायात धादिङ प्रा.लि. तथा धादिङ यातायात मण्डली प्रा.लिबाट सञ्चालन हुँदै आएको बस (गाडी नं. बा ५–०१००६ ५०३१) ले मिति २०८२/०८/२७ गते आफ्नो तोकिएको पालोको दिन काउन्टरमा सम्पर्क नगरी सर्वसाधारण यात्रु नबोकी राजनीतिक दलका कार्यकर्तालाई मात्र बोकेर गन्तव्यतर्फ गएको पाइएको हो।

    सार्वजनिक यातायातले सर्वसाधारण यात्रुको सेवा गर्नु पर्नेमा नियम विपरीत राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको भन्दै उक्त बस सञ्चालक तथा यस कार्यमा संलग्न व्यक्तिहरूलाई सोधपुछ तथा आवश्यक कारबाही नगरेसम्म वडा नं. ३ भित्र उक्त बस सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

    वडा कार्यालयसँग आवश्यक पत्राचार तथा स्पष्टीकरण नआएसम्म बस सञ्चालनमा रोक कायम रहने विज्ञप्तिमा उल्लेख छ। ग्रामीण यातायात यातायात धादिङ प्रा.लि. धादिङ यातायात मण्डली प्रा.लि. तथा धादिङ यातायात व्यवसायी सघलाई समेत पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ।

    सार्वजनिक साधनले यात्रु नबोकी पार्टीका कार्यकर्ता मात्र बोकेर हिँड्नु गम्भीर विषय भएको भन्दै यस्ता गतिविधि दोहोरिन नदिने वडाध्यक्ष गुरुङले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...