News Portal

गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

६३६ पटक

धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको एक यात्रुवाहक बसलाई वडा कार्यालयले अस्थायी रूपमा सञ्चालनमा रोक लगाएको छ।

वडाध्यक्ष राजकुमार गुरुङद्वारा जारी विज्ञप्तिअनुसार, ग्रामिण यातायात धादिङ प्रा.लि. तथा धादिङ यातायात मण्डली प्रा.लिबाट सञ्चालन हुँदै आएको बस (गाडी नं. बा ५–०१००६ ५०३१) ले मिति २०८२/०८/२७ गते आफ्नो तोकिएको पालोको दिन काउन्टरमा सम्पर्क नगरी सर्वसाधारण यात्रु नबोकी राजनीतिक दलका कार्यकर्तालाई मात्र बोकेर गन्तव्यतर्फ गएको पाइएको हो।

सार्वजनिक यातायातले सर्वसाधारण यात्रुको सेवा गर्नु पर्नेमा नियम विपरीत राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको भन्दै उक्त बस सञ्चालक तथा यस कार्यमा संलग्न व्यक्तिहरूलाई सोधपुछ तथा आवश्यक कारबाही नगरेसम्म वडा नं. ३ भित्र उक्त बस सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

वडा कार्यालयसँग आवश्यक पत्राचार तथा स्पष्टीकरण नआएसम्म बस सञ्चालनमा रोक कायम रहने विज्ञप्तिमा उल्लेख छ। ग्रामीण यातायात यातायात धादिङ प्रा.लि. धादिङ यातायात मण्डली प्रा.लि. तथा धादिङ यातायात व्यवसायी सघलाई समेत पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ।

सार्वजनिक साधनले यात्रु नबोकी पार्टीका कार्यकर्ता मात्र बोकेर हिँड्नु गम्भीर विषय भएको भन्दै यस्ता गतिविधि दोहोरिन नदिने वडाध्यक्ष गुरुङले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...