News Portal

युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

५५७ पटक

कुवेत सिटीकुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक स्वीकृति प्राप्त गरी पहिलो पटक सालमिया साइट क्षेत्रको सफाई(क्लिनिङ) अभियान सञ्चालन गर्न लागेको छ।

नेपाली समुदायबाट सरकारी स्वीकृतिसहित यस्तो अभियान पहिलो पटक सुरु हुन लागेको जानकारी संस्थाका सल्लाहकार विजय खत्रीले  बताए।

हालै सम्पन्न अधिवेशनपछि छोटो समयमै संस्थाले पहिलो सामाजिक अभियान अघि सार्न पाउनु संस्थाका पदाधिकारी तथा सदस्यहरूका लागि थप हौसला र जिम्मेवारीको अनुभूति भएको संस्थाले बताएको छ।सफाइ अभियानको उद्देश्य युवा शक्ति कुवेतको मूल ध्येय कुवेतमा रहेका नेपाली श्रमिकको आवाज, समस्या र प्रतिनिधित्वलाई सम्बद्ध निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउनु हो।

यद्यपि, प्रवासमा सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायिक सहभागिता, वातावरणीय संरक्षण, र सामाजिक सचेतना अभिवृद्धि संस्थाको प्रमुख प्राथमिकतामा परेका विषय हुन्।

यही कारणले कुवेतमा सञ्चालन हुने विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको संस्थाले स्पष्ट गरेको छ। आगामी सफाइ अभियानले नेपाली समुदायको पहिचान, छवि र प्रतिष्ठा अझ उजागर हुने अपेक्षा गरिएको छ।कुवेत नगरपालिकाबाट कानुनी स्वीकृति प्राप्त छ।डिसेम्बर महिनाभर हरेक शुक्रबार अभियान सञ्चालन हुनेछ।नेपाली समुदायलाई आधिकारिक रूपमा सरकारी स्वीकृतिसहित यस्तो अभियानमा सहभागी हुने अवसर पहिलोपटक मिलेको छ।

युवा शक्ति कुवेतका सामाजिक योगदानहरू यसअघि एकपटक सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न कुवेतमा रहेका नेपाली श्रमिक, विशेषतः पासपोर्ट म्याद सकिएको व्यक्तिहरूका लागि आवश्यक अपोइन्टमेन्ट र फारम भरिने सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आइरहेको।

दर्जनौँ श्रमिकको समस्या समाधानमा प्रत्यक्ष सहयोग यी कार्यहरूले संस्थाको सामाजिक छवि झनै मजबुत बन्दै गएको छ।सहभागिताको लागि विशेष आह्वान संस्थाले सबै सदस्य, शुभेच्छुक तथा कुवेतवासी सम्पूर्ण नेपालीहरूलाई आगामी सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्नो उल्लेखनीय योगदान जनाउन विशेष अनुरोध गरेको छ।युवा शक्ति कुवेतले विश्वास व्यक्त गरेको छ।

सामूहिक प्रयास, एकता र सक्रिय सहभागिताबाट कुवेतमा नेपाली समुदायको पहिचान अझ सशक्त, सकारात्मक र अनुकरणीय बन्नेछ।शुक्रबार १९ डिसेम्बरको दिन बिहान ७ बजेदेखि १० बजेसम्म क्लिनिङ गर्ने कार्यक्रम रहेकाे छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...