News Portal

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

३८० पटक

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ। घटनासँग जोडिएका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते मृत अवस्थामा फेला परेका छन्। अधिकारीहरूले उनका कारण दुई जनाको ज्यान गएको विश्वास गरिएको बताएका छन्।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले अमेरिकी नागरिकको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति ट्रम्पको निर्देशनमा योजना रोकिएको जानकारी दिइन्। त्यस्तै, नेभेस भालेन्तेले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको हत्या पनि गरेको आशंका गरिएको छ।

यस कार्यक्रमअन्तर्गत आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट हरेक वर्ष ५० हजार भिसा वितरण गरिन्छ। नेपालसहित अन्य देशका नागरिकहरू यस लटरीमार्फत अमेरिका प्रवेश गरी ग्रिनकार्ड पाउने गर्दछन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...