News Portal

एमाले महाधिवेशन: राष्ट्रपतिको कोटामा कुन नेता पर्छन् ?

हिमालीसंचार संवाददाता
४०५ पटक

कृष्ण बहाब
सौराहा। शनिबार राति ९ बजेदेखि स्थगित भएको नेकपा एमाले बन्दसत्र आइतवार राति ९ बजे सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पौने १० बजे पार्क सफारी रिसोर्टबाट सेभेन स्टारको बन्दसत्र हल पुगेपछि अध्यक्षमण्डलको बैठक सुरु भएको छ।

जसमा अध्यक्ष ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्यसहित ११ जना सहभागी छन्। नयाँ नेतृत्व र केन्द्रीय कमिटी सर्वसम्मत बनाउन लागेका ओलीलाई उपाध्यक्ष भीम रावल बाधक बनेका छन्।

रावलले अध्यक्षमा उम्मेदवारी दिने विषयले ओलीलाई संकट परेको थियो। यसका साथै उनले आफ्नै समूह पनि मिलाउन सकेका थिएनन्। तर उनले आइतवार दिनभरको रस्साकस्सीपछि नेतृत्व टिम र केन्द्रीय कमिटी करिब टुंगो लगाएका छन्।

स्रोतका अनुसार ओलीले सहमतिमा आएमा भीम रावललाई वरिष्ठ उपाध्यक्षमा लाने तयारी छ। तर त्यसमा ईश्वर पोखरेल बलिया दाबेदार हुन्। भीम रावललाई देखाएर सर्वसम्मत हुन नसकेको बताए पनि खासमा ओलीले दिनभर आफ्नै टिम मिलाउन समय खर्चिए।

आफ्नै समूहभित्र विशेषत वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा नेताहरुबीच कडा प्रतिस्पर्धा थियो। ओलीलाई शनिबारै राति बन्दसत्र हलले पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने अधिकार दिएको थियो। तर उनले आइतवार अबेर रातिसम्म सूची तयार गरेका थिएनन्।

उपमहासचिव विष्णु पौडेलले तयार गरेको सूचीमा अध्यक्ष ओलीको मात्रै नाम थियो। अरु सबै पदमा खाली राखिएको थियो। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धाले ओलीलाई तनाव दिएको थियो। नेम्वाङलाई राष्ट्रपतिको आश देखाउँदा पनि उनी मानेका थिएनन्।

राष्ट्रपति भण्डारीको चर्चा !
यिनै तनावबीच आइतवार दिनभर सौराहाको पार्क सफारी र सेभेनस्टार क्षेत्रमा केही महाधिवेशन प्रतिनिधि र नेताहरुबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चर्चा चल्यो। नवौँ महाधिवेशनमा एमाले उपाध्यक्ष निर्वाचित दोस्रो कार्यकाल राष्ट्रपतिमा आसिन भण्डारीको नाम र उनले च्यापेका नेताहरूबारे दिनभर गाइँगुइँ कुरा भइरह्यो।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र शंकर पोखरेलका लागि राष्ट्रपति भण्डारीले लविङ गरेको चर्चा र अनुमान महाधिवेशनस्थलमा नेताहरुले गरिरहेका थिए। ईश्वर पोखरेलसँगै महासचिवमा शंकर पोखरेललाई बढुवा गरेर लैजान राष्ट्रपतिले चासो देखाएको अर्को चर्चा त्यहाँ थियो। ओलीले पनि पोखरेललाई महासचिव बनाउने योजना बनाएको बताइएको छ।

एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा शंकर पोखरेलले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद पारित गराउन खेलेको भूमिकासमेत राष्ट्रपतिको लविङसम्म जोडिएको अनुमान बन्द सत्रमा उपस्थित एक नेताले गरे। तर नेताहरु एमालेमा राष्ट्रपतिको भूमिकाबारे खुलेर बोल्न तयार छैनन्। स्रोतका अनुसार पोखरेललाई महासचिवमा लैजान अध्यक्ष ओलीले पनि अर्का दाबेदार विष्णु पौडेललाई मनाइसकेका छन्।

त्यसबाहेक प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईसहितलाई सुरक्षित गराउने कुरामा पनि राष्ट्रपतिको चासो रहेको स्रोतको दाबी छ। यसअघि नेकपा हुँदैदेखि बेलाबेला निस्किने जटिल विवादमा राष्ट्रपतिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक संवाद गरेकी थिइन्।

त्यसबाहेक नेकपा विवादमा जोडिएका झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमलाई समेत बोलाएर उनले विवाद साम्य पार्ने कोसिस गर्दै आएकी थिइन्। तर राष्ट्रपतिको समेत अनेक जोडबलले पनि नेकपा जोगिन सकेन। पछि आएर उनै सात वर्षअघि भएको नवौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित एमालेसमेत फुट्न पुग्यो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...