News Portal

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

२७४ पटक

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना प्रवक्ता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको रूपमा सिफारिस गरेको छ। विभिन्न क्षेत्रीय समितिहरूले शाहीको नाम सूचीमा समावेश गरेका हुन्।

जुम्लाबाट शाही प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। यसअघि पनि उनले जुम्लाबाट धेरै मतले विजयी भइसकेका थिए। जुम्ला क्षेत्रीय कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले सचिवालयलाई पत्र पठाएर सिफारिसको जानकारी दिएका छन्। त्यस्तै, समानुपातिकतर्फ १४ जनाको नाम पनि सूचीमा पठाइएको छ।

ललितपुर १ बाट शाहीलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस गरिएको छ। त्यहाँ परशुराम सिलवाल र रविन घिमिरे पनि सिफारिसमा परेका छन्। भक्तपुर क्षेत्र नम्बर १, सुर्खेत २, रुपन्देही २ र कञ्चनपुर २ बाट पनि शाहीको नाम उम्मेदवार सूचीमा उल्लेख गरिएको छ।

शाहीले भने, “अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...