News Portal

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

२९५ पटक

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा पेश हुन लागेको हो ।

इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी रहने छन् । नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसद र अन्य तीन जनासमेत गरी ६८ जनाको हस्ताक्षर रहेको पूरक निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।

कांग्रेसका कुल ८७ निवर्तमान सांसदमध्ये बहुमतको समर्थनसहित बुझाइएको उक्त निवेदन पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत वारेसका रूपमा पेश गरिएको हो । यसअघि मंसिर २३ गते कांग्रेस संसदीय दलका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेका थिए । सो रिटमा अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

उक्त रिटमा स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डलका साथै जनता समाजवादी पार्टी र जनमत पार्टीका एक–एक जना निवर्तमान सांसदले पनि समर्थन जनाएका छन् । यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले छुट्टाछुट्टै रिट दायर गरेका छन् भने एमालेका अन्य निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर बुझाएका छन् ।

विभिन्न दलका निवर्तमान सांसदहरूको समर्थन जोडिँदै जाँदा हालसम्म प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा हस्ताक्षर गर्नेको संख्या १४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...